जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रामप्रसाद लामिछानेले वनको क्षेत्राधिकार रहेको वालगंगा खोलामा वडानं १५ र १६ छुटाउने गरि सिमांकन गरेको बताएका छन ।
आफ्नो वडाको फोहर वनको क्षेत्राधिकार रहेको क्षेत्रमा यो हाम्रो हो हामी फोहर यहि फाल्छौ कसले के गर्छ भने पछि वडा नम्बर १६ का स्थानीय हरूले रोकेका ट्रिपर छुटाउने क्रममा यस्तो बताएका हुन।
स्थानीयले रोकेको ट्रिपरलाई डिभिजन बन कार्यालयको जिम्मा लगाईएको स्थानिय नवराज रिमालले जानकारी दिनुभयो ।
डिभिजन वन, स्थानीय सरोकारवालाहरूलाई बेवास्ता गरि एकल मुडपेलाईका कारण सार्वजनिक स्थानमा फोहर फाल्दा वालगंगा खोलानै प्रदुषण हुदैगएको वडा नं१५ का स्थानीय रामकुमार बिष्टले चिन्ता ब्यक्त गर्नुभयो ।
के गर्नु हाम्रो त खेतबारी नै यतै छ बर्षातमा बगाएर खेतभरी प्लास्टिक र सिसैसिसा हुन्छ के गर्नु हामी पिडैपीडा बाच्न पर्ने भयो ।
केहि समय अघि नगरले फोहरको दीर्घकालीन समाधानका लागि १६,१५ र १८ नम्बरको सिमामा बनाउने ल्याण्डफिलमा विरोध गरेका वडा अध्यक्ष लामिछानेले सार्वजनिक खोलामा फोहर फाल्न लगाउनु कतिको जायज होला त सरोकारवालाहरू आक्रोसित हुनपुगेका छन ।
डिभिजन बन कार्यालय बाराका प्रमुम मंजुर महमदले भन्नुभयो यसरीनै स्थानीय र सरोकारवालाहरुले साथ र सहयोग गर्दै हातेमालो गरेमा वन संरक्षणमा पनि टेवा पुग्नेमा आफु विश्वस्थ रहेको जानकारी दिनुभयो ।