रञ्जन यादब
बारा १४ बैशाख
बाराको जीतपुरमा लोसपा नेपालको जीतपुरसिमरा उपमहानगर स्तरीय अगुवा कार्यकार्ता चुनाव केन्द्रित भेला सम्पन्न भएको छ । जितपुर सिमरा उप–महानगरपालिका नगर समिति द्वारा आयोजित अगुवा कार्यकार्ता भेला कार्यक्रममा लोसपा मधेस प्रदेश अध्यक्ष तथा मधेस प्रदेश सरकारका पुर्ब भौतिक पुर्बधार मन्त्री .जितेन्द्र सोनलले चुनावी प्रशिक्षण दिनुभएको थियो ।प्रशिक्षणको क्रममा चुनावमा कसरी जनतालाइ आकर्षित गर्ने बिषयमा बिस्तृतमा बताउँनुभएको थियो ।
कार्यक्रममा पुुर्ब संघीय मन्त्री एकबाल मिया, लोसपाका केन्द्रिय सदस्य गणेशजी साह , क्षेत्र नं.४(क) का अध्यक्ष घनश्याम गिरी , जीतपुरसिमरा नगर अध्यक्ष शिवजी साह सोनार , लोसपाबाट जीतपुरसिमरा उपमहानगरका प्रत्यासी संजय कुमार साह , वडा नं.७
का वडा अध्यक्षका प्रत्यासी राजुराज गिरी ,लोसपा नेता राजाराम साह लगायत लोसपाका अगुवा नेताकार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सञ्चालन लोसपाबाट वडा नं.१० का प्रत्यासी सरोज पटेलले गर्नुुभएको थियो भने स्वागत मनतब्य प्रकाश गिरीले ब्यक्त गरेका थिए । भेलामा बिभिन्न पाटी परित्याग गरी क्यौँ नेता कार्यकर्ताहरु लोसपामा प्रबेश गरेका थिए ।