सिकेन्द्र पासवान/
बाराको रुपौलिया र रौतहटको मेवा गाँउको बिचमा पर्ने अरुवा खोलामा बर्षौदेखि चल्दै आएको विवाद अन्त्य भई ठुलो मानबिय क्षति हुनबाट बचेको छ ।
पटक पटक गरि दर्जनौ पल्ट पनि विवाद समाधानका लागि पहल भएपनि ठोस निष्कर्षमा भने पुग्न सकेको थिएन । नेपाली काँग्रेस मधेस प्रदेशको उपसभापति चन्द्रशेखर कुमार यादव, आर्दश कोतवाल गाँउपालिकाका अध्यक्ष जवाहर प्रसाद साहको पहलमा बारा र रौतहटका प्रमुख जिल्ला अधिकारीकारीहरुको वैठकले यस्ते विवाद अन्त्य गर्न सफल भएका हुन ।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालको सक्रियतामा जिल्लाको सुरक्षा निकायका प्रमुखहरु, पालिका प्रमुख, साह, नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति यादव, वडा अध्यक्ष रुपेश नारयण सिह र रौतहटको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, सुरक्षा निकायका प्रमुख, संविधान सभा सदस्य एवम नेपाली काँग्रेसका जिल्ला सभापति जितेन्द्र यादव, वडा अध्यक्ष रमेश्वर प्रसाद यादव सहितको सर्वपक्षिय, सर्वदलिय बैठकबाट विवाद टुंगो लागेको हो ।
खोलालाई सफाई गरि पुल, कलर्भड मुनी रािखएको ढुगाहरु निकाली पानी सहज रुपमा बग्ने वतावरण बनाउने, अरुवा खोलाको साबित मुहान देखि पश्चिमतिर रहेको पुल जुन भरिएको छ त्यसमा अगामी दिनमा पुल निर्माण नगर्ने, भरिएको बाटोको उतर, दक्षिणतिर रहेको खाल्डोलाई अन्य ठाँउबाट माटो ल्याई खाल्डो भरी पहिलाको जस्तो बनाउने,खोलामा रहेको पुलबाट पशिच्म, तमागढी सडक खण्ड सम्मको बाटोमा पानीले क्षति पुगाएको वा पानी बाराको गाँउ सम्म पस्ने अवस्था सृजना भएको खण्डमा दुवै जिल्लाको सम्बन्धीत वडाका वडाअध्यक्ष, सुरक्षा निकायको समन्वयमा पानीको सही निकास निकाल्ने निणर्य भएको बाराका प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।
त्यसैगरि खोलाको पुर्वपर्टी देखि पश्च्मिपटी तामागढी रोडसम्म लहरे पुल निर्माणका लागि दुवैतिरका पालिकाहरुले संघिय, प्रदेश सरकारसंग सम्बन्वय गरि निर्माणका लागि पहल गर्ने , दुवैतिरको सिमालाई कोई कसैले मिच्न नपाउने निणर्य भएको रौतहटको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले बताएका छन ।
असार २७ गते रौतहट जिल्ला फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्षको नेतृत्वमा हजारौको संख्यामा आई एकपक्षिय रुपमा बिना सहमति सडकको दुवैपर्टीबाट डोजर प्रयोग गरि माटो काटी सडक भर्ने गरेको हुदा बारा जिल्लाको रुपौलिया,टेढाबाट स्थानीयहरु रोक्न जादा दुवैतिरबाट समान्य वादविवाद भई ढुगामुडा समेत हुदा दुवै पक्षबाट दर्जनौ घाइते समेत भएको थियो । सुरक्षा बेश क्याम्पका प्रहरीको गाडी समेत रौतहट पक्षले तोेडफोडगरेको थियो ।
अवस्था तनाव भएपछि दुवै जिल्लाको प्रमुख जिल्ला अधिकारीहरुले दुवैतिरबाट कुनै मानविय क्षति नहोस भने उदेश्यका साथ असार२७ गते भएगरेको काम रोकेर असार २८ गते बिहान ८ बजे बर्ताको माध्यमबाट समाधान निकाल्नका लागि भनेपनि रौतहट पक्षले एकपक्षिय रुपमा बाराको भुमिबाट माटो काटी सडक भर्ने काम जारी राखेको थियो प्रमुख जिल्ला अधिकारी कटुवालको भनाई रहेको थियो ।