वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

राकेशभक्तको हत्यारालाई कार्बाहीको माग गर्दै  जीतपुरमा पुनः दोस्रो पट्क चक्काजाम

रञ्जन यादब

बारा ०२ जेठ

राकेशभक्त पौडेल हत्यारालाई कार्बाहीको माग गर्दै स्थानीयले जीतपुरमा पुन ःचक्काजाम गरेका छन् । हत्याको एक महिना भन्दा बढी दिनभैसक्दा पनि दोषी पत्ता लगाई सार्वजनिक नगरिएको भन्दै पीडित परिवारसहितको स्थानीयले बिरगंज पथलैया सड्कखण्डको जीतपुरमा हिजो बिहान ११ बजे देखि अहिलेसम्म चक्काजाम खुलेको छैन् ।

सड्कमै टायर बालेर स्थानीयले घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई सजायको माग गर्दै स्थानीयले गरेका हुन्् ।पहिलो पट्क स्थानीयले जीतपुरमा आन्दोलन गर्दा बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिव राज सेढाई नेतृत्वको बार्ताटोलीले  साँत दिन भित्र दोषिलाई सार्बजनिक गर्ने आश्वासन दिएको थियो । तर साँत दिन भन्दा बढी दिन भईसक्दा पनि प्रहरीले हत्यारालाई सार्बजनिक गर्न सकेको छैन् । मृतक राकेशभक्त पौडेलको साथमा रहेको पर्स घटनाको २२ दिनपछि शुक्रबार भेटिएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ६ र वडा नं ३ को सीमानामा मृतकको पर्स भेटिएको प्रहरीले जनाएको छ ।

 

पर्स देखेपछि स्थानीय एक वृद्धले खोलेर हेर्दा मृतक राकेश भक्तको फोटो देखेपछि स्थानीय गाउँलले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पर्स भेटिएको ठाउँ सिल गरी पर्सको मुचुल्का उठाएको थियो । पर्समा कागज पत्र भेटिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले बताउनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.६ मा बैशाख ३० गते चित्रबहादुर केसीको घरमा ३८ वर्षीय राकेशभक्त पौडेलको हत्या भएको थियो । प्रहरीले गम्भिर भएर अनुसन्धान प्रक्रिया  अघि नबढाएको भन्दै स्थानीयहरु आक्रोसित भएका हुन् । प्रहरीले राकेश भक्त हत्या प्रकरण एक दर्जन भन्दा बढी मानिसलाई पक्राउँ गरेको छ ।यो घट्नालाई सिआईबिले समेत अनुसन्धान गर्दा पनि हत्यारालाई सार्बजनिक गर्न सकिएको छैन् ।