वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

राम मण्डल/
पर्सा कालिकामाई गाउँपालिका-१ भेडिहारीमा रहेको प्राथमिक बिधालयका विद्यालयको निर्माण समितिका अध्यक्ष, प्रधानाध्यापक र सदस्यहरु गरि तीन जना बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुदा दायर गरेको छ ।

मंगलबार अख्तियारले विद्यालयको निर्माण समितिका अध्यक्ष कन्हैया साह कानु, प्रधानाध्यापक तथा सदस्य सचिव रामवचन प्रसाद र सदस्य रामचन्द्र कानु बिरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुदा दायर गरेको हो । तीनै जनाले ११ लाख ९५ हजार रुपैयाँ हिनामिना गरेको पुष्टी भएको जनाउँदै अख्तियारले मुदा दायर गराएको हो ।

विद्यालयमा प्राप्त विभिन्न शीर्षकको रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा उनीहरुले अस्वभाविक रुपमा रकम पेश्की उपलव्ध गराएको, पेश्कीबाट विद्यालय निर्माणको कुनै कार्य नगरेको तथा पेश्की बापतको रकम हालसम्म विद्यालयको खातामा दाखिला समेत नगरेको पाइएकोले उनीहरु बिरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुदा दायर गराईको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जानकारी दिएको छ ।