वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

मेयर उपमेयर गठबन्धनलाई अरु मत आफुलाई’ भन्ने नाराका साथ जीतपुरसिमरामा घरदैलो

रञ्जन यादब

बारा २६ बैशाख

बाराको जीतपुरसिमरा उपमहानगरमा मेयर उपमेयर गठबन्धनलाई अरु मत आफुलाई’ भन्ने नाराका साथ वडा अध्यक्षका प्रत्यासीले मेयर उपमेयर सहित साझा घर दैलो थालेका छन् । गठबन्धनका मेयर, उपमेयरका उम्मेद्वारलाई लिएर ५ दलकै प्रत्यासी वडा अध्यक्षहरुले नगरका विभिन्न टोलमा घरदैलो थालेका हुन् ।निर्वाचन मिति नजिकिँदै जाँदा गठबन्धनका साझा उम्मेदवारहरूले जितपुर सिमरा उपमहानगरमा थालेको घरदैलोको फरक अभियानले चुनावी रौनक बढेको छ ।विपक्षीहरूले गठबन्धनका साझा उम्मेदवारहरू एक ठाउँमा आउन नसक्ने दाबी गरिरहेको बेला गठबन्धनका उम्मेदवारहरू एक साथ हिँडेपछि बाराका अन्य तहमा समेत सुरु भई चुनावी सरगर्मी तात्दै गएको छ । बाराका १६ स्थानीय तहहरुमा गठबन्धन भएपनि धेरै वडाहरुमा उम्मेदवारहरुले एक्ला एक्लै उम्मेदवारी दिएका छन् ।उपमहानगरको गठबन्धबाट काग्रेसका उपमेयर मेघा शाहीले बडा तहमा ५ दलकै उम्मेदबारहरुले गरेको साझा अभियान परिणाममुखी हुने दाबी गर्नुभएको छ ।