सागर घोरसाईने
कोल्हवी २ पुरानो काटाँ ( बारा) /
बारा जिल्लाको पुर्वी भागमा अवस्थित कोल्हवी नगरपालिका भएको धेरै भएको छैन् ।
जिल्लाका निजगढ नगरपालिका,जितपुरसिमरा उपमहानगरपालिका,करैयामाई गाउँपालिका, बारागढि गाउँपालिकाको बिचमा रहेको यस नगरको पश्चिम भागमा रौतहट जिल्लासंग सिमाना जोडिएको छ ।
कृषि कर्मको निमित्त उत्तम मानिने यस नगरमा सिचाइको सुबिधा पनि उल्लेख्य छ ।
पहिले विभिन्न गाविस हुदाँ भौतिक बिकासमा निकै पिछडिएको यस क्षेत्रको नगरपालिका बने पछि भने मुहारनै फेरीएको छ ।
बर्षै देखि निर्माण हुन नसकेको हुलाकी राजमार्ग अहिले यस क्षेत्रको मेरुदण्ड बन्न पुगेको छ, हर्दै मन लोभ्याउने सडक बने पछि बर्षौ यातायातको सास्ती व्यहोरेका यस नगरका बासिन्दाले सहज यातायातको सुबिधा पाएका छन्।
पहिले तामागढिमा बसको लागि घण्टौ कुर्न पर्ने परिस्थिति अहिले सडक कालो पत्रे भएसगैं चल्ने साना सवारी साधन अटोले जीवनयापन नै फेरी दिएको छ ।
त्यस्तै सदरमुकाम कलैया जोड्ने सडक पनि अधिकांश कालो पत्रे र सडक चौडा भएपछि दैनिक कार्यमा यसनगरका वासिन्दाले राहत पाएका छन्।
सिमरा कोल्हबी कृषि मार्ग पनि यस नगरको प्रमुख सडकमै पर्छ यसको स्तर उन्नति भए पश्चात् नगरको पश्चिमी भागको पनि मुहार फेरीदै गएको छ ।
त्यति मात्र नभएर नगरपालिकाले नगरका हरेक वडा, गाउँ टोलमा पुल पुलेसा निर्माण,सडक कालो पत्रे र ढलान गरेपछि नगर क्रमश गाउँबाट सहरमा रुपान्तरण हुँदै छ भने नगर बासिको जीवनयापन नै फेरीएको छ। सडक पुर्वाधार मात्र नभएर ढल, खानेपानीको लागि ठाउँठाउँमा पानी ट्याङ्की, सिचाइ सुबिधाको लागि नहर बन्नुले नगर क्रमश बिकासको गतिमा दौडिरहेको देखिन्छ ।
सधै हरिया फाट, कहिले नसुक्ने असंख्य खोला नाला ठुला ठुला माछा पोखरीले सुनमा सुगन्ध थपेको छ ।
परम्परागत खेति पद्वतीलाई पनि यथावत राख्दै व्यवसायीक खेति प्रणाली सुरु गरेर यहाँका किसानले उल्लेख आम्दानी गरेका छन् ।कृषि संगसगैं व्यवस्थित पशु व्यवसायी पनि थपिदैछन्।माछा सुपरजोन भएसंगै माछा पालनमा पनि युवाको नजर जान थालेको छ यसरी कृषि कर्म तथा पशुपालनले नगरमा निकै फड्को मार्दै यसक्षेत्रको मुख्य पेसा बन्न पुगेको छ।
स्वास्थ्य क्षेत्रमा पनि निकै फड्को मारेको यस नगरको हरेक वडामा स्वास्थ्य संस्था, नगर स्तरीय कोल्हबी अस्पताल,सर्प दंश उपचार केन्द्र, प्राइभेट अस्पतालहरु बने पछि साना रोगको लागि पनि टाढा धाउन पर्ने समस्या हटेको छ। शैक्षिक क्षेत्रमा पनि सपहि कलेज बने पछि उच्च शिक्षाको लागि बाहिर जान पर्ने परिस्थितिको निवारण भएको छ ।
अतिविपन्न केहि सुकुम्बासीलाई नगरपालिकाले घर बनाई दिएको छ भने नगरमा उल्लेख संख्यामा पक्की घर बने पछि केही बर्ष अघि सम्म गाउँ रहेको नगर सहर जस्तै बनेको छ ।
खुल्ला दिसापिसाब गर्ने गलत प्रवृत्तिले निकै दुर्गन्धित नगरका सडक खोला नालाहरु , गरिबदुखीलाई नगरको सहयोगमा र बाकिँले आफ्नो लगानिमा शौचालय बनाएपछि नगर खुल्ला दिसा मुक्त क्षेत्र भएको छ। सुचना तथा प्रबिधिमा पनि नगरले निकै फड्को मारेको छ ,नगरको मुख्य बजारमा दुई ओटा स्थानिय रेडियोसंगै अनलाइन न्युजहरु खुलेका छ्न्।
ईन्टरनेटको लागि वाईफाई,टिभीका लागी डिसहोम जस्ता केवल नेट्वोर्कहरुले स्थानियको दैनिकीमा व्यापक परिवर्तन आएको छ । नगरका हरेक हाट बजार व्यवस्थित हुदैछ्न् , ठुलाठुला सोरुम पसलहरु खुलेसंगै दैनिक उपभोग्य समान खरिद गर्न सजिलो भएको छ।कोल्हवी ८ मा बनेको पार्कले नगरमा गहनाको काम गरेको छ।
नगरमा भएको ईलाका प्रहरी,सशस्त्र प्रहरी,ट्राफिक प्रहरी,अस्थायी प्रहरी पोस्ट हरुले सुरक्षा व्यवस्थामा निकै मद्दत मिलेको छ।
नगरको मुख्य बजारमा खुलेका तामागढि पार्टी प्यालेस, शुभबिहानी कटेजले नगरवासीलाई निकै मद्दत पुगेको छ ।नगरमा खुलेका बैंक,सहकारी संस्था तथा मनि ट्रान्सफर सेन्टरले स्थानियको दैनिक जीवन यापनमा अग्रगामी भुमिका खेलेको छ।नगरको उत्तरी भागमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय बिमानस्थल यदि सुरुवात भयो भने यो नगरको कायापलट हुनेछ ।
नगर जिल्लामा, प्रदेशमा मात्र नभई देशकै नमुना नगर बन्ने छ ।
यो सबै कामको लागि कोल्हवी नगरका स्थानिय बासिन्दा,जनप्रतिनिधिहरुको विशेष उल्लेख योगदान रहेकोले विशेष आभर प्रकृट गर्नै पर्छ।