वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

मुल्य बढ्दा पनि पेट्रोलियम पदार्थको आयातमा वृद्धि

राम मण्डल/

पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि हुदासमेत नेपालमा त्यसको आयातमा बृद्धि नै भएको छ ।

गत आर्थिक बर्ष २०७८/७९ मा मुल्य बढेपनि वीरगञ्ज भन्सार नाका भएर पेट्रोलियम पदार्थको आयातमा बृद्धि हुदा भन्सारको राजश्व संकलन पनि बृद्धि भएको छ । गत आर्थिक बर्षमा वीरगञ्ज भन्सारले पेट्रोलियम पदार्थको आयातबाट ८० अर्ब ६३ करोड ३३ लाख ३२ हजार राजश्व संकलन गरेको भन्सार कार्यालयले जनाएको छ ।

यो अघिल्लो आर्थिक बर्ष २०७७/७८ मा भन्दा पेट्रोलियम पदार्थको आयातबाट हुने राजश्व संकलन भन्दा बढी हो । अघिल्लो आर्थिक बर्षमा वीरगञ्ज भन्सार कार्यालयले पेट्रोलियम पदार्थको आयातबाट ६१ अर्ब १६ करोड ६९ लाख ५ हजार मात्रै राजश्व संकलन गरेको थियो ।

बितेको आर्थिक बर्षमा वीरगञ्ज भन्सारबाट उठने कुल राजश्वमा पेट्रोलियम पदार्थको आयात बाट सँकलन हुने राजश्वको योगदान ६८ दशमलव ५९ प्रतिशत रहेको छ ।जस मध्ये डिजेलको आयातबाट २४ दशमलव ८८ प्रतिशत,पेट्रोलबाट ११ दशमलव ४० र खाना पकाउने एलपि ग्याँसको आयातबाट ३ दशमलव २२ प्रतिशत राजश्वको योगदान रहेको छ ।

गत आर्थिक बर्षमा सबै भन्दा बढी वीरगञ्ज नाका भएर नेपालमा १३ लाख २२ हजार २६२ किलोलिटर डिजेल आयात गरिएको छ ।यसबाट वीरगञ्ज भन्सारले ५० अर्ब ७८ करोड ९७ लाख ६५ हजार राजश्व सँकलन गरेको छ ।यसैगरि चार लाख ९ हजार ३५६ किलोलिटर पेट्रोलको आयातबाट भन्सारले २३ अर्ब ७ करोड ८५ लाख ८४ हजार,२८ करोड ४८ लाख २४ हजार ९६३ किलो खाना पकाउने एलपि ग्याँसको आयातबाट ६ अर्ब ५६ करोड ४९ लाख ८३ हजार राजश्व वीरगञ्ज भन्सारले उठाएको छ ।

लागातार रुपमा गत आर्थिक बर्षमा पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि भएपनि आयात भने अघिल्लो आर्थिक बर्षको भन्दा बढेको वीरगञ्ज भन्सार कार्यालयको तथ्याँकले देखाएको छ ।