वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

महिला हिंसाविरुद्धको १६ दिने अभियान जीतपुरसिमरामा सुरु

रञ्जन यादब/
बारा
महिला हिंसाविरुद्धको १६ दिने अभियान जीतपुरसिमरा उपमहानगरपालिकामा सुरु भएको छ । उपमहानगरपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाले उपमहानगरपालिकाको वडा नं.१४ रजघट्टामा र्यालीसहित कार्यक्रम गरी अभियानको सुरुवात गरेको छ । “सभ्य समाजको पहिचान, लैङ्गकि हिंसा विरुद्धको अभियान” भन्ने मुल नाराका साथ, लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको निकालीएको -याली वडा नं.१५ कार्यालय डुमरबाना अगाडि औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

औपचारिक कार्यक्रमलाई सम्भोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले रुढीवादी परम्परागत संरचनाको परिवर्तन गरी घर घरबाट यसको परिपालना गर्नमा जोड दिनुभयो । भाषा , साहित्य ,धर्मशास्त्र लगायतका कतिपय किताबहरुमा पनि महिला हिँसाको झ झल्को दिने कुराहरु उल्लेख भएकाले ,त्यस बिषयमा गम्भिर रुपमा बहस गरी हटाउँनुपर्नेमा जोड दिनुभयो ।त्यस्तै उपमहानगरपालिकाको उप प्रमुख भोला अधिकारीले जनताको गाउँठाउँमा पुगेर महिला हिँसा बिरुद्धको कार्यक्रम गरी जीतपुरसिमरा उपमहानगरपालिकाले महिला हिंसाविरुद्धको १६ दिने अभियानको कार्यक्रम गर्ने बताउँनुभयो । उपमहानगरपालिकाले सड्क नाटक , मजदुर महिला ,होटल ब्यवसायी ,किशोरी लगायतसँग छलफल तथा अन्तरक्रिया लगायतको कार्यक्रमहरु राखेको नगर उप प्रमुख अधिकारीले बताउँनुभयो ।

औपचारिक कार्यक्रमको सञ्चालन महिला ,बालबालिका अपाङ्ग तथा ज्येष्ठ नागरिक शाखाका अधिकृत दुर्गा न्यौपानेले गर्नुभएको थियो ।यो अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म मनाउने गरिन्छ। महिलामाथि हुने हिंसाको स्वरूप र प्रारूप, तौर र तरिकाका अनेक रूपहरू आइरहेका हुन्छन् । यसको अन्त्य आजको समाज र विश्वको आवश्यकता हो ।
विश्वमा हरेक ११ मिनेटमा एक महिला वा युवतीको हत्या हुने गरेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । संयुक्त राष्ट्र सङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निणर्य गरेसँगै विश्वभर यो दिवस मनाइँदै छ।