वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

महिलालाई जबर्जस्तीकरणी गर्ने एक युवा जीतपुरबाट पक्राउ

रञ्जन यादव/

बाराको जीतपुर स्थित एक महिलालाई जबर्जस्तीकरणी गर्ने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३० बर्षिय दिपेन्द्र साह रहेका छन् । जर्बजस्तीकरणीको शिकार भएकी भनिएका महिलाको उमेर करिब २५ बर्ष रहेको छ । पथलैया स्थित एक होटलमा लगेर साहले महिलालाई अप्राकृतिक तरिकाले यौन शोषण गरेको आरोप लागेको छ ।

महिलाको किटानी जाहेरीको आधारमा प्रहरीले उनलाई जीतपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभएको छ ।

पक्राउ परेका शाहलाई ५ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बिभिन्न डर,धम्की दिई साहले महिलालाई करिब डेढ महिनादेखि जबरजस्ती करणी गरिरहेको आरोप ती महिलाले लगाएकी छिन ।