रञ्जन यादब
बारा ०१ असार
मन्जु श्री असाय संरक्षण केन्द्रको बारा जिल्ला अध्यक्षमा रिना बजगाई चयन हुनुभएको छ । निजगढ नगरपालिकाको निजगढमा सम्पन्न अधिवेशनले बजगाँईको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिती चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा दिपा सापकोटा ,सचिबमा प्रतिमा पराजुली र कोषाध्यक्षमा पार्बती घिमिरे चयन हुनुभएको हो ।त्यस्तै सदस्यहरुमा उषा घिमिरे ,कबिता सापकोटा ,रिता कडेल , बिनिता रेग्मी ,देब माया खड्का(सुमित्रा),करुणा पन्त र रेवती देबकोटा(रेखा) सर्बसम्मत मनोनयन हुनुभएको हो ।
त्यस्तै सल्लाहकार समितीमा लिला देबि लामिछाने खनाल र शोभा राउत रहनुभएको छ । अधिवेशनमा मन्जु श्री असाय संरक्षण केन्द्रका प्रदेश संयोजक सुमित्रा पौडेलको बिशेष उपस्तिी रहेको थियो ।
मन्जु श्री असाय संरक्षण केन्द असहाय ,घरेलु हिँसा तथा बेचबिखनमा परेका महिला तथा बालबालिकाहरु र पारिवारिक अपहेलनाका कारण कष्टकर जीवनयापन गर्न बाध्य ज्येष्ठ नागरिकहरुलाई उद्धार गरी मनोसमाजिक परामर्श ,कानुनी सहायता ,आवश्यक शिक्षा तथा शिपमुलक तालिमको माध्यमबाट आत्म निर्भर बनाई पारिवारिक तथा सामाजिक पुर्नमिलन एवम पुनस्र्थापना गर्ने काम गर्दछ ।