बाराको सिमराबाट प्रहरीले घरेलु मदिरा लोड गरिएको अटोसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले एउटा अटोसहित दुई जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय सिमराबाट गएको प्रहरी टोलीले वीरगन्ज-पथलैया सडक खण्ड अन्तरर्गत जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ स्थित नेपाल केबुलको अगाडिबाट १ सय ५० लिटर घरेलु मदिरा र अटो सहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मदिरा तस्कर जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ चकरी बस्ने ३१ वर्षिय कमला लामा र सोहि पालिका वडा नं. २१ बस्ने अटो चालक २८ वर्षिय सागर लामा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय सिमराका वरिष्ठ प्रहरी हवल्दारको नेतृत्वमा गएको प्रहरी टोलीले पथलैयाबाट सिमरातर्फ आउँदै गरेको ना.१.ह. ५१२१ नम्बरको अटोलाई रोकेर चेकजाँच गर्दा उक्त अटोमा लुकाई छिपाई लैजाँदै गरेको उक्त अबैध घरेलु मदिरा वरामद गरेको हो ।
अटोमा हालेर ७ वटा प्लाष्टिकको बोरामा १५० लिटर लोड गरिएको फेला परेको जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रवक्ता एवंम् प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी गराए ।
मदिरा र अटो सहित पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय सिमरामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।