वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

बेमौसमी बर्षाका कारण धान बालीमा २० र तरकारी खेतीमा ५० प्रतिशत क्षति

बिगत तीन देखि परेको अबिरल बर्षाका कारण बारामा किसानहरुले लगाएको धानबाली र तरकारी खेतीमा क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

बेमौसमी बर्षाका कारण धानबालीमा २० प्रतिशत र तरकारी बालीमा ५० प्रतिशत क्षति भएको कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले साझेदारी दैनिकलाई जानकारी दिए ।

बर्षाका कारणका जीतपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका,महागढीमाई नगरपालिका, सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका, कोल्हवी नगरपालिका, देवताल, परवानीपुर,प्रसौनी,सुवर्ण,फेटा र बिश्रामपुर गाँउपालिकामा क्षति भएको ज्ञान केन्द्रका प्रमुख यादवले जानकारी दिए ।

धानवाली मध्ये ४ हजार ४ सय ९४ हेक्टर क्षेत्रफलमा २० प्रतिशत र तरकारी खेती ३ सय ८९ हेक्टर क्षेत्रफल मध्येबाट ५० प्रतिशतको क्षति भएको हो । यस बर्ष कृषकहरु बर्षे धानखेती भदैया, अगहनी गरि कुल ४६ हजार ९ हेक्कटर क्षेत्रफलमा खेती गरिएको थियो ।

धानवाली सबै भन्दा बढी प्रसौनी गाँउपालिकामा ४० प्रतिशत र कम जीतपुरसिमरा उपमहानगरपालिकामा १० प्रतिशत क्षति भएको ज्ञान केन्द्रका प्रमुख्र यादवले भने ।

त्यसैगरि तरकारीमा सबै भन्दा बढी कलैया उपमहानगरपालिकामा ६० प्रतिशत र सबै भन्दा कम परवानीपुर गाँउपालिकामा ३५ प्रतिशत क्षति भएको ज्ञान केन्द्रका प्रमुख यादवले बताए ।