वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

बिरासतको राजनितिक चल्दैन -सहमहामन्त्री मंसुर

सिकेन्द्र पासवान/
नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मंसुरले बारामा बिरासतको राजनितिक अव तोडिन्छ भने कुरामा जोड दिएका छन ।

अगाडी माघ १५ गते हुने नेपाली काँग्रेस बाराको जिल्ला सभापतिमा श्म्भु बहादुर बुढोथोकीलाइ सर्मथन गर्नेका लागि गढीमाई मन्दिरमा आयोजित कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै सहमहमन्त्री मंसुरले नेपाली काँग्रेस पार्टी परिवारबाद, जातीवाद र बिरासतबाट समाप्त भईसकेको हुदा अवपनि कसैले परिवारवादलाई निरन्तरता दिन खोज्नु दिवा सपना भएको कुरामा जोड दिए ।

नेपाली काँग्रेस पार्टी समावेसी चरित्र अर्थात सबै वर्ग, समुदायको पार्टीको रुपमा रुपान्तरण भईसकेको भन्दै अझ सबैको सहमति, सहकार्य र एकताबाट साझा फुरवारीको रुपमा काँग्रेसलाई अगाडी बढाउनुपर्ने मंसुरको भनाई रहेको थियो ।

पार्टीमा जसरी सभापति शेरबहादुर देउवाले चुनावमा हारेका, सहभागी नै नभएका नेताहरुलाई केन्द्रीय समितिमा मनोनयन गरेर एकताको सुत्रमा बाधेर अझै काँग्रेसलाई देशभरी नै बलियो बनाउने अभियानमा लागेका प्रसंग कोटयाउदै आफुपनि बारामा सबैलाई एक ढिका पारेर न्याँ काग्रेसको निर्माण गर्ने महाअभियानमा होमिसकेको मंसुरले बताए ।

काग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताउदै पुर्व मन्त्री समेत रहेका मंसुरले अव हुने तीनै तहको निर्वाचनमा काँग्रेस जित्ने ठोकुवा गरे ।

तत्कालिन प्रधानमन्त्री सुसिल कोईरालाको नेतृत्वमा संविधान जारी भई प्रधानमन्त्री शेरबहादुर देउवाले तिनै तहको निर्वाचन सम्म्पन गरि संघिय लोकतान्त्रीक गणतन्त्र नेपाललाई संस्थागत गर्ने काममा नेपाली काँग्रेस पार्टीले देखाएका साहसी र उदारणिय कामको नेपाली जनताले राम्ररी मुल्याकन गरिसकेका हुदा अव नेपाली काँग्रेस पार्टीलाई तिनै तहको निर्वाचन नेपाली जनता दिल खालेर बिजयी गराउने कुरामा आफु पुर्ण बिस्वस्त रहेको मंसुरले भने ।

मुलुकको हरेक परिवर्तनमा नेपाली काँग्रेसले खेलेको भुमिका नेपाली जनता सामु नलुकेको र हरेक संकटमा देशलाई बचाउन दिशामा पनि काँग्रेसको भुमिका निकै नै महत्वपुर्ण रही देशमा शान्ति सुरक्षा, अमन चयन कायम गर्दै बिधीको शासनलाई कायम गराउन एवम प्रेस स्वतन्त्रतालाई बहाल गर्ने दिशामा पनि काँग्रेसको भुमिका निकै नै सराहनिय भएको हुदा आम जनताको झुकाव काँग्रेस पार्टीतिर नै रहेको सहमहामन्त्री मंसुरले प्रष्ट पारे ।

योग्य र पार्टीमा काम गर्ने निष्ठामान नेता तथा कार्यकतालाई उचित ठाँउ दिनमा आफु कुनै प्रकारको बिभेद नगर्ने भन्दै नेता मंसुरले हिजोको सबै तिक्ततालाई बिर्सेर काँग्रेसलाई मजबुत बनाउने दिशामा सक्रिय हुन आवहान समेत गरे ।

फरक प्रसंगमा नेता मंसुरले तराई मधेशमा जन्मेका मधेसी पार्टीहरुले सता र शतिmका लागि मात्र राजनितिक गरिरहेको बताउदै त्यसता पार्टीहरुको पछि नलाग्न आम जनताहरुलाई आग्रह समेत गरे ।

महागढीमाई नगरपालिका वडा नम्बर १ नेपाली काँग्रेसका बुथ सभापति झबु साह कानुको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश २ का नवनिर्वाचित उपसभापति चन्द्रशेखर कुमार यादव, प्रदेश सदस्य उपेन्द्र प्रसाद जयसवाल, पार्टी सभापति जयचन्द्र चौरसिया, नेपाली काँग्रेस पार्टी संगठन बिभाग प्रमुख एवम सभापतिका प्रत्यासी उम्मेदवार शम्भु बहादुर बुढाथोकी, संविधानसभा सदस्य मधु शाही, पुर्व जिल्ला कोषअध्यक्ष रामनरेशकान्त कुसवाहा, सिम्रौनगढ नगरपालिकाका मेयर एवम नेपाली काग्रेस निर्वाचन क्षेत्र नमबर १ का सभापति बिजयशंकर यादव, बारा निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति प्रभात चौरसिया, निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा ख का प्रत्यासी उम्मेदवार मणिभुषन यादव, जिल्ला सदस्य प्रमोद यादव, पतरौता नगरसभापति गोबारी राय यादव, नेताहरु रामअवध प्रसाद यादव, भैयाराम यादव, ललन यादव, नरेश गुप्ता, शिक्षक संघका अध्यक्ष परमहंस यादव, लगायतकाले आफनो बिचार ब्यतm गर्दै सभापतिका उम्मेदवार बुढाथोकीलाई जिताउनका लागि प्रतिवद्धता ब्यतm गरेका थिए ।

कार्यक्रममा स्वागत महागढीमाईका मेयर उपेन्द्र यादवले गरे भने संचालन पत्रकार सिकेन्द्र पासवानले गरेका थिए ।