वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

बारा-३ को मतगणना १२ बजे देखि सुरु हुने

सन्दिप यादव , कलैया । बारा निर्वाचन क्षेत्र नम्बर ३ काे सर्वदलिय बैठक सम्पन्न भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ३ गंगापुरस्थित शैक्षिक तालिम केन्द्रमा आज विहान बसेकाे बैठकले मध्याह्न १२ बजे देखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

सुरुमा प्रत्यक्ष तर्फकाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे मतगणना गर्ने पनि बैठकमा सहमति भएकाे छ । सहमति अनुसार क्षेत्र न ३ काे २ वटा काेठामा एकै पटक मतगणना सुरु गर्ने तयारी छ । एउटा क्षेत्रकाे प्रतिनिधिसभा र प्रदेशसभाकाे प्रत्यक्ष तर्फकाे छुटाछुट्टै मतगणना गरिने छ ।मतगणना गरिने काेठामा तारजालिसहित सिसीटिभी क्यामराकाे समेत व्यवस्थापन गरिएकाे छ ।