वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

बारा बस दुर्घटनाः मृत्यु हुनेको संख्या १६ पुग्यो

बाराको जितपुर सिमरा वडा नम्बर २२ तीन नम्बर पुलनजिक आज विहान भएको यात्रुबाहक बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
दुर्घटनामा परि घाइते भएकाहरुलाई उपचारका लागि हेटौंडा ल्याइएकोमा १२ जनाको हेटौंडा अस्पतालमा , २ जनाको चुरेहिल अस्पताल र एकजनाको मकवानपुर सहकारी र एकजनाको थप उपचारका लागी चितवन लगिएकोमा भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जनकारी दिए ।
मृत्यु हुनेमा १० जना पुरुष र ६ जना महिला रहेका छन् । मृतकहरुको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा परि घाइते भएका ३२ जना मध्ये ८ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने बाँकिलाई थप उपचारका लागी चितवन र बिरगंज पठाइएको इन्सपेक्टर श्रेष्ठले बताए ।
इन्सपेक्टर श्रेष्ठका अनुसार हेटौंडा हुँदै बिरगंजतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको थियो ।