वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

बारा प्रहरीको ठुलो सफलता,१२ थान मोटरसाईकल सहित एउटै गाउँका ६ जना पक्राउ

सिकेन्द्र पासवान/
बारा प्रहरीले ठुलो सफलता हात पारेका छन । चोरहरुको संजाल समेत प्रहरीले भत्काउन सफल भएको हो ।

मोटरसाईकल चोरी गर्ने ग्रिरोहका नाईके सहित ६ जनालाई प्रहरीले १२ थान मोटरसाईकल सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पचरौता नगरपालिका वडा नम्बर ७ बेनौली गाउँ बस्ने चोरका नाईके २० वार्षिय बृजमोहन साह सोनार, २० बर्षका भोला पटेल, २१ बर्षका बिशाल कुमार सहनी, २० बर्षका बिजय पटेल, २४ बर्षका हरिनारायण पटेल र सोही वडा नम्बर बस्ने बर्ष २३ का बरक सहनी रहेको प्रहरी उपरिक्षक होमिन्द्र बोगटीले जानकारी दिए ।

जिल्लामा मोटरसाईकल चोरी भएको घटना धेरै बढया बढई गरेको कुरा हामी कहाँ आएको हँुदा प्रहरी परिचालन गरि चोरी गर्ने संजालको पत्ता लगाउनका लागि मोटरसाईक चोरी गरि भाग्ने गरेको लोकेसनमा नै प्रहरीको गस्ती टोली परिचालन गरि साउन १९ गते राती बरियापुरबाट २ थान मोटरसाईकल चोरी गरि भागी रहेको अवस्थामा पचरौता नगरपालिका वडा नम्बर ७ टोल बेनौली बस्ने बर्ष २१ का बिशाल कुमार सहनी र २० बर्षको भोला पटेललाई पक्राउ गरि तिनीहरुको ब्यानका अधारमा बाकी ४ जनालाई १० थान मोटरसाईकल सहित पक्राउ गरिएकोे पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक बोगटीले जानकारी दिए ।

सोही ठाँउमा अझै ४ जना चोर समुह रहेको र तिनीहरु भागी सकेको हुदा खोजतलास कार्य जारी रहेको प्रहरी उपरिक्षक बोगटीले जानकारी दिदै मोटरसाईकल चोरी गर्ने ग्रिरोहको अर्को संजालपनि प्रहरीले पत्ता लगाई सकेको बताउदै चार्ड नै तिनीहरुलाई पनि पक्राउ गर्ने उदघोष गरे ।

चोरी गरेका मोटरसाईकल ती चोर समुहले रौतहट, सर्लाही र भारत बिहारको बिभिन्न ठाँउमा लगी रु २० हजार देखि २५ हजार सम्ममा बेच्ने गरेको सो अवश्रमा प्रहरी उपरिक्षक बोगटीले जानकारी गराए ।

जिल्ला भरी प्रत्येक दिन कुनै न कुनै ठाँउबाट मोटरसाईकल चोरी हुने गरेको छ । पत्रकारहरु समेतको मोटरसाईकल चोरी भएको भएपनि अहिले भने प्रहरीले पत्ता लगाउन सकेका छैन ।