वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

बारा : गणनास्थलतर्फ लगियो मतपेटिका

कलैया । बाराको ४ वटै क्षेत्र को ३०५ मतदान केन्द्र को मतपेटिका मतगणनास्थल तर्फ लगिएको छ ।

आइतबार साँझ ५ बजे मतदान सकिएपछि बाराका मतदानस्थलबाट मतपेटिकाहरु गणनास्थलमा लैजान थालिएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ को मतगणना कोल्हबी स्थित नगरपालिकाको सभा हल , क्षेत्र नम्बर २ को बरियारपुरस्थित गढीमाइ महेन्द्र उच्चमावि, क्षेत्र नम्बर ३ को कलैया उपमहानगरपालिका वडा नम्बर ३ गंगापुरस्थित शैक्षिक तालिम केन्द्र र क्षेत्र नम्बर ४ को सिमरा स्थित नेपाल राष्ट्रिय उच्च मावि मतगणना हुने  मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर उपाध्यायले बताए ।