वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

बारामा ५ दलिय गठबन्धन

सिकेन्द्र पासवान/
सता गठबन्धन भित्रका ५ दलिय जिल्ला स्तरिय बैठक कलैया स्थित दरवार होटेलमा सोहार्द पुर्ण सम्पन्न भएको छ ।

नेपाली काँग्रेसको बारा जिल्ला सभापति राजेश राय यादवको सभापतित्वमा सम्पन्न गठबन्धनको बैठकले १६ वटा स्थानिय निकायमा जिल्ला प्रतिनिधी पठाई नेपाली काँग्रेसका पालिकामा रहेका सभापतिको अध्यक्षतामा ५ दलिय गठबन्धनको बैठक गरि बैशाख २ गते ४ बजे भित्रमा निर्णय जिल्ला स्तरिय सन्यत्रमा पठाउने गरि निर्देशन दिने निर्णय भएको मधेस प्रदेशका सभापति चन्द्रशेखर यादवले जानकारी दिए ।

पालिकाहरुको बैठक बसाल्दा सम्बन्धीत क्षेत्रिय सभापति र प्रदेशबाट खटी आएका प्रतिनिधीको रोहबरमा बैठक बसाल्न समेत पालिकाहरुलाई जिल्ला स्तरिय ५ दलिय गठबन्धनले उर्दी जारी गरेका छन ।

बैशाख २ गते बेलुका ६ बजे दरवार होटेलमा जिल्ला स्तरिय गठबन्धनको बैठक गर्ने निर्णय भएको हुदा एक दलका सभापतिले १ जना प्रतिनिधी सहित अनिवार्य उपस्थित हुनका लागि आग्रह गर्ने निर्णय गरिएको मधेस प्रदेशका उपसभापति यादवले बताए ।

बैठकमा जसपाका मधेस प्रदेशका अध्यक्ष रामबाबु यादव, नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादव, सहमामन्त्री जयनारायण यादव,जिल्ला सचिव राजेश रौनियार,माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल ठाकुर, नेकपा एसका पोलिटब्यूरो सदस्य दिनेश राई, जसपाका केन्द्रीय सदस्य रामकिशोर यादव, नेकपा माओवादीका अध्यक्ष अनिल श्रेष्ठ,जसपाबाट जिल्ला अध्यक्ष अजय पटेल, नेकपा एसका जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा,जनमोर्चाका जिल्ला अध्यक्ष जीवन कुमार लगायतको सहभागिता रहेको थियो ।