वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

बाराको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ

कलैया । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर गरी बारा जिल्ला मा जोड्ने नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

निर्वाचनको बेला हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न गए राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्म सीमानाका बन्द गरी सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मी परिचालन भएको बारा का प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताए ।

खुला सीमानाकाका कारण हुने आपराधिक गतिविधि रोक्न भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी) र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले संयुक्तरूपमा गस्ती गरेको सशस्त्र प्रहरी बल नेपाल १२ नं. गणले जनाएको छ ।

सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले नियमितरूपमा संयुक्त गस्ती गर्दै आए पनि पछिल्लो समय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गरी संयुक्त गस्तीलाई तीव्र पारिएको छ । सिमानाकामा मात्र नभई राजमार्ग मा पनि सशस्त्र प्रहरी ले कडाइ का साथ सवारीसाधन चेकजाँच गरेको छ ।