रञ्जन यादब /
बिश्व लगानीकर्ता सप्ताह २०२२ को अवसरमा सुन्धारा सेक्युरिटिज लि. ले बाराको सिमरामा लगानीकर्ता सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले बित्तिय संस्था ,शिक्षक ,अडिटर र ब्यवसायीक संस्थाका प्रतिनिधिहरुलाई समाजिक उत्तरदायित्व अन्तर्गत एक दिने लगानीकर्ता सचेतना अभिबृद्धि सम्बन्धि प्रशिक्षण प्रदान गरेको सुन्धारा सेक्युरिटिजका कार्यकारी प्रमुख फणिन्द्र ढकालले जानकारी दिनुभयो ।
संस्थाले चाडै नै सिमरामा आफनो शाखा कार्यालय स्थापना गर्न लागेको उहाँले बताउँनुभयो । कार्यक्रममा अजय ढुङ्गाना ,सुरज कार्की र किशोर भट्टले शेयर बजार सम्बन्धि जनमानसमा रहेको गलत धारणाको चिर्दै यथार्थ जानकारी प्रदान गरेका थिए ।उहाँहरुले लगानी गर्दा अपनाउँनुपर्ने सतर्कता र जोखिम न्युनिकरण गर्ने तरिकाको बिषयमा जानकारी प्रदान गर्नुभएको थियो ।
जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले शेयर कारोबारको माध्यमबाट बिरगंज पथलैया औधोगिक करिडोरलाई ब्यवस्थापन गर्न सकिने धारणा ब्यक्त गर्नुभयो । जीतपुरसिमरा उपमहानगरपालिका शिक्षा ,स्वास्थ्य ,पर्यटन र खेलकुदको हबको रुपमा बिकास हुँदै गएका कारण यस क्षेत्रमा लगानी गर्न आहवान गर्नुभएको थियो ।
उद्योगी ब्यवसायिहरु धरासायी भएको अवस्थामा बैँकहरुले ब्यवसायीहरुमाथि दिएको दबाब उचित नभएको भन्दै सरकारको ध्यान आकर्षण गराउँनुभएको थियो ।जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन सर्मा लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासचिव प्रकाश गिरी ,होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष अर्जुन लम्साल ,जीतपुरसिमरा बैकर्ष एसोसियसनका अध्यक्ष कृष्ण गौतम लगायतको सहभागिता रहेको थियो ।