वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

बाराको जीतपुरसिमरामा पहिलो दिन क–कसले दिए उम्मेदवारी ?

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पहिलो दिन बाराका जीतपुरसिमरा उपमहानगरपालिकामा साना दलका केही वडा अध्यक्ष र वडा सदस्यहरुले मनोनयन दर्ता गराएका छन ।

जीतपुर स्थित निर्वाचन अधिकृतको कार्यालयमा पहिलो दिन आईतावार करिब १४ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन ।

स्वतन्त्र सहित केहि उम्मेदवारहरुले मनोनयन दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य दल बाहेका लोकतान्त्रीक पार्र्टी(लोसपा), राप्रपा र स्वतन्त्र उम्मेदवारहरुले मनोनय दर्ता गराएका छन ।

उपमहानगरपालिकाको वडा नम्बर २१ को वडा अध्यक्ष पदका लागी स्वतन्त्र उम्मेदवार सरिता प्रसाईले पहिलो मनोनयन दर्ता गराएकी छिन ।

प्रसाईले नेकपा एकिकृत समाजवादीले वडा अध्यक्षका लागी टिकट नदिएपछि प्रसाईले रुष्ट भएर स्वतन्त्र उम्मेवारी दिएकी हुन ।

यता सोही वडा नम्बर २१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको तर्फबाट वडा अध्यक्ष पदमा मुन्निकाजि मगरले उम्मेद्धवारी दर्ता गराएका छन ।

यस्तै उपमहानगरपालिकाकै वडा नम्बर ७ मा लोसपाको तर्फबाट मोतिलाल राउतले वडा अध्यक्ष पदको लागी उम्मेद्धवारी दर्ता गराएको र लोसपाकै तर्फबाट वडा नम्बर २ को अध्यक्ष पदका लागी नेत्र बहादुर श्रेष्ठले उम्मेद्धवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यता जीतपुरसिमरा उपमहानगरपालिकामा सत्ता गठबन्धन सहित ठुला दलहरुले भने कुनैपनि पदमा मनोनयन दर्ता गराएका छैनन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छैनन । उनीहरुले दोस्रो दिन सोमवार मनोनयन दर्ता गराउने जनाईएको छ ।