धिरेन्द्र पनुहर,कोल्हवी । बाराको कोल्हवी नगरपालिका वडा नम्बर ५ बलुवा जङ्गल टोल बस्ने जुरी बच्छारको घरमा बुधबार राती जंगली हात्तीले क्षति पुर्याएको छ।
राती करिब १ बजे जंगली हात्ती बस्तिमा पसेर बच्छारको दस धुरमा लगाएको आलु ,केराको बोट र घरमा क्षति पुर्याएको हो। हात्ती बस्तिमा आएको देखेर स्थानीयहरु त्रसित भएका छन। हात्ती बिहान ४ बजे मात्र जङ्गल पसेका थिए ।
केहि दिन अघि कोल्हवी नगरपालिका वडा नम्बर ३ जुअवा सेरा टोलमा पनि जंगली हात्तीले ९ जनाको घरमा क्षति पुर्याएको थियो ।