कलैया । भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि मतगणनाका लागि बारा मतगणनास्थल तयार भएको छ । मतगणनास्थलमा सीसीटीभी क्यामरा जडान भएको छ ।
मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर उपाध्याय का अनुसार ४ वटा ठाउँमा मतगणना हुने छ । उनका अनुसार निर्वाचन क्षेत्र नम्बर १ को मतगणना कोल्हबी स्थित नगरपालिकाको सभा हल , क्षेत्र नम्बर २ को बरियारपुरस्थित गढीमाइ महेन्द्र उच्चमावि, क्षेत्र नम्बर ३ को कलैया उपमहानगरपालिका वडा नम्बर ३ गंगापुरस्थित शैक्षिक तालिम केन्द्र र क्षेत्र नम्बर ४ को सिमरा स्थित नेपाल राष्ट्रिय उच्च मावि मतगणना हुने छ ।
मतगणना स्थलमा सीसीटीभी क्यामरा जडान गर्नुको साथै आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनु भयो ।
मतदान सकिएपछि मतपेटिकाहरु संकलन गर्ने र उम्मेदवारहरुसंग छलफल गरेर सोही दिनदेखि नै मतगणना सुरु गर्ने गरी तयारी गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए । filepic