रञ्जन यादब/
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरिक्षक साह माथि हातपातको प्रयास भएको छ ।
नेपाली कांग्रेसका जसपाका रामकिशोर यादव, भैयाराम यादव र एमालेका धु्रर्व यादवले दलितमाथि कुटपीट गर्नेहरुलाई थुन्न नपाउने भन्दै प्रहरी निरिक्षक साहलाई गालीगलौज गर्दै हातपातको प्रयास गरेको आरोप छ ।
मंगलबार साँझ कलैया उपमहनगरपालिकाको औढापुरमा दलित समुदाय र यादवहरुबीच विवाद भएपछि प्रहरी पुगेको थियो । दलितमाथि कुटपिट गरेको पाइएपछि घटनामा संलग्नहरुलाई प्रहरी निरीक्षक रुपेश साहको टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइसकेको छ ।
प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले पक्राउँ गरि ल्याईएका केही ब्यक्तिहरुलाई राख्ने र केही ब्यक्तिहरुलाई छोड्ने प्रयास भईरहेको बताउँनुभयो । प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डेले यथार्थ बुझ्न प्रयास गर्दा उल्टै गाली मात्र होइन, हातपात नै गर्न खोजेपछि स्थिति निकै तनावपूर्ण भएको थियो ।
प्रहरी अधिकृतमाथि नै हातपातको प्रयास भएपछि भैयाराम र ध्रुव यादवलाई केही समय हिरासतमै राखिएको थियो । तर बाराका ठूला पार्टीका नेताहरुको दबाबमा पक्राउँ परेकाहरुलाई छोडिएको छ ।
बारा प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले सवारी साधन दुर्घटनाको घट्नामा क्षतीपुर्ति ब्यहोर्ने बिषयमा बिवाद हुँदा अवस्था बिग्रिएको बताउँनुभयो । बारा प्रहरी उपरिक्षक बोगटीले हातपात भएको होइन, चर्काचर्की मात्र भएको हो भन्दै घट्नालाई लुकाउन खोजे ।
सामान्य घट्ना थियो सबै मिलि सक्यो भन्दै पन्छिए । नेपाली कांग्रेसका जसपाका रामकिशोर यादव, भैयाराम यादव र एमालेका धु्रर्व यादवका समर्थकहरुले सड्कमा प्रहरी नायब उपरिक्षक पाण्डे बिरुद्ध चर्को नाराबाजी गरेका थिए ।