सिकेन्द्र पासवान/
स्थानीय तह निर्वाचनमा विवेकशिल साझा पार्टीले देशभरमै एक स्थानमा जीत हात पारेको छ ।
विवेकशिल साझाले बाराको एक गाउँपालिकामा अध्यक्षमा जीत निकाल्न सफल भएको छ ।
बाराको फेटा गाँउपालिकामा विवेकशिल साझा पार्टीका उम्मेदवार रुस्तम अन्सारीले अध्यक्षमा विजयी भएका छन ।
अन्सारीको जीतले विवेकशिल साझा पार्टीएको देशभरमै पहिलो खाता खुलेपछि उनको चर्चामा चलेको छन ।
नेपाली काँग्रेस पार्टीबाट अन्सारीललाई अध्यक्षको टिकट दिएपनि वडाको टिकट उनको अनुकुल दिननमाने पछि चुनावको नोभिनेसनका दिन हतार हतार आफनो टिम बनाएर विवेकशिल साझा पार्टीबाट वडाअध्यक्ष, उपाअध्यक्ष सहितको प्यानलबनाई उम्मेदवारी दर्ता गराएका थिए ।
विजयी अन्सारीले ४ हजार ४ सय ८५ मतल्याई सो पालिकाका निवर्तमान अध्यक्षलाई २ हजार ८६ मत बढीले हराउदै जित हासिल गरेका हुन ।
नेकपा एमालेका उम्मेदवार अमिरीलालले २ हजार ३ सय ९९ मत प्राप्तगरेका छन । उपाध्यक्षमा विवेकशिल साझा पार्टी कै निलम साहले ३ हजार ५ सय ७० मतल्याई बिजयी गरेकी छिन ।
नेकपा एमालेकी उपप्रमुखका उम्मेदवार कमरुन खातुनले २ हजार ३ सय ३३ मतमाा चित बुझाईन ।
उपाध्यक्ष साहले १ हजार २ सय ३७ मतलेआफनो प्रतिद्धन्द्धीलाई हराई । वर्तमान अध्यक्षलाई जसपाले टिकट नदिएपछि उनी पनि चुनावको एक दिन अगाडी एमालेमा प्रवेश गरि चुनावमा होमिएका थिए ।
तत्कालिन फोरम नेपालबाट २०७४ सालको स्थानिय निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
भने कमरुन खातुन सोही पार्टीबाट उपाअध्यक्षमा निर्वाचित भएकी थिईन ।
यसैविच विवेकशिल साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्रले फोन मार्फत बधाई दिएका हुन ।
पत्रकारहरुसंग संक्षिप्त कुरा गर्दै बिजयी अंसारीले जनताले दिएको अभिभरा निष्टा पुर्वक निर्वाह गर्ने प्रतिवद्धता ब्यतmगरे ।
फेटाको मुहार फेर्ने गरि काम गर्ने भन्दै ढुक्क हुन सबैलाई आग्रहगरे । भष्टाचारलाई शुन्य सहनसिलतामाझार्ने मेरो पहिलो कर्तब्य हुनेछ भने बिना झनझट् यहाँका जनताको कामकाज छिटो छ रितो गर्ने व्यवस्था मिलाउने गरि काम गर्ने अंसारीले बताए ।