वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

प्रेस युनियनको ३१ औ स्थापना दिवशमा अमृता अनाथाललाई खधान्य प्रदान

सिकेन्द्र पासवान/
लोकतान्त्रीक पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन बाराले ३१ औ स्थापना दिवश अमृता अनाथलयमा खधान्य बितरण गरेर मनाएका छन ।

अनाथलयका संचालक फुलमति बस्नेत र गोर्वधन बस्नेतलाई युनियन बाराका अध्यक्ष श्यामबाबु यादवले १ सय २० केजी चामल, १५ किलो दाल, ५ किलो खाने तेल, फलफुल, जुस प्रदान गरेका

थिए ।

आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै युनियनका पुर्व अध्यक्ष उमेशलाल दासले लोकतन्त्रको मेरु डण्ड नै पत्रकारिता र संचार जगत रहेको कुरामा जोड दिदै विधीको शासनलाई कायम गराउन, लोतन्त्रलाई मजबुत बनाउन एवम कानुनी राज्यको प्रत्याभुत गराउनका लागि नेपाल प्रेस युनियन सधैव पहरेदारको भुमिका खेल्दै आएको स्मरण गराए ।

पत्रकारहरुको हकहित संरक्षण गर्नका लागि बिभिन्न पार्टीले भातृ संगठन जस्तै आफनो पार्टी निकटको संघसगंठन खोलेको भएपनि नेपाल प्रेस युनियन कुनै पार्टीको भातृ संगठन नभई नेपाली काँग्रेसको सुवेच्छुक संस्थाको रुपमा आफना गरिमा कायम गरेका पुर्व अध्यक्ष दासले भने ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीले पत्रकारिताको क्षेत्रमा नेपाल पत्रकार महासंघ भन्दा पनि नेपालको सबै भन्दा पुरानो र विश्व ट्रेड युनियनमा समेत आवद्ध रहेको नेपाल प्रेस युनियनको आफनै गरिमा र महत्व रहेको सवैमा बिदितै रहेको जनाकारी गराए ।

यस्तो संस्थाको मर्यादालाई अझै उचाईमा बढाउनका लागि, पत्रकारहरुको संरक्षण, सम्वद्र्धनका लागि पनि निकै नै महत्व रहेको कुरामा अध्यक्ष तिवारीले जोड दिए ।

लोकतान्त्रीक मुल्य मान्यतालाई आत्मसात गर्दै पत्रकारिताको हरेक आन्दोलनमा नेपाल प्रेस युनियनले आफनो भुमिकालाई अगाडी बढाउदै नेतृत्वदायी भुमिका खेल्दै आएको अध्यक्ष तिवारीले बताए ।

अनाथलयको संचालिका फुलमति बस्नेतले अनाथलयमा रहेको बालबालिकाहरुको लागि खधान्य, फलफुल जुस उपलब्ध गराएर सहयोग गरेकामा संस्थालाई धन्यवाद दिदै अगामी दिनमा यहाँ रहेको केटाकेटीहरुको सहयोग हुनेछ भने विस्वास लिएको बस्नेतले भनिन् ।

नेपाल प्रेस युनियनका बारा जिल्ला अध्यक्ष श्यामबाबु यादवको अधयक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन संस्थाका उपाअध्यक्ष बसन्त खतिवडाले गरेका थिए ।

सो अवश्रमा नेपाल प्रेस युनियन बाराका संस्थापक अध्यक्ष सत्यप्रसाद श्रेष्ठ, पत्रकार महासंघ मधेस प्रदेशका निवर्तमान सदस्य सिकेन्द्र पासवान, महासंघ बाराका पुर्व उपाअधयक्ष राकेश पाण्डेय, नेपाल प्रेस युनियनका निवर्तमान अध्यक्ष गणेशराज रिजाल लगायत उलेख्य युनियन कर्मीहरुको सहभागिता रहेको थियो ।