राम मण्डल/
पर्साको धोबिनी गाउँपालिकामा बिबाद भएको छ । पालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रतिनिधीहरु गोप्य रुपमा गाउँपालिका बाहिर सदरमुकाम वीरगञ्जमा परिषद सम्पन्न गरेको बिषयलाई लिएर बिबाद उत्पन्न भएको हो ।
परिषदको बिषयमा गाउँपालिका कार्यपालिका सदस्यहरुले बिरोध जनाउदै पत्रकार सम्मेलन गरेका छन ।शुक्रबार उनीहरुले गोप्य रुपमा परिषद भएको भन्दै त्यसको बिरोध गर्दै पत्रकार सम्मेलन गरेका हुन ।
आफुहरुलाई जानकारी नै नदिईकन गाउँपालिका अध्यक्ष मदन चौहान लगायतका ब्यक्तिहरुले वीरगञ्जमा परिषद गरेको कार्यपालिका सदस्य दिनेश प्रसादले बताए ।
उनले बहुमतको आधारमा गाउँपालिका कार्यालयमा नभई वीरगञ्जमा रहेको पशु क्वारेन्टाईन कार्यालयमा परिषद गरेकोले उक्त परिषदको निर्णय बिरुद्ध अदालतसम्म जाने चेतावनी दिए ।
यसैगरि वडा नम्बर १ की वडा सदस्य एवमु गाउँ कार्यपालिका सदस्य शोभावती देबीले बजेटमा काखा पाखा गर्नको लागि गोप्य रुपमा आफुहरुको बिना सहमाति परिषद सम्पन्न गरेको आरोप लगाईन ।
पत्रकार सम्मेलनमा उपस्थित भएकी कार्यपालिका सदस्य मैना देबीले गोप्य रुपमा वीरगञ्जको पशु क्वारेन्टाईनमा परिषद गरि सही गराउनको लागि आफुलाई बोलाइएकोमा आफुले सही नगरेको बताईन । पालिकाको परिषद गाउँपालिकामै सबै जनताको सामुन्ने गर्नुपर्ने उनले माँग गरिन ।
जनताको मतबाट जितेर आएको जनताले बिकाश निर्माणको काम खोृजिरहेको भएपनि गाउँपालिका अध्यक्षको गलत रबैयाका कारणले जनताको रुखो बोली सून्नु परेको मैना देबीको भनाई छ ।
पत्रकार सम्मेलनमा स्थानीय नेता तथा जनताहरुले पनि गाउँपालिकामा चरम भ्रष्टाचार बेतिथी रहेको भन्दै गोप्य रुपमा भएको परिषदको बिरोध गरेका थिए ।