वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

पर्सा–१ मा कर्णद्वारा घरदैलो कार्यक्रममा तिब्रता

वीरगञ्ज
पर्सा क्षेत्र नम्वर १ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजबादी पार्टीबाट साझा उम्मेद्वार लक्ष्मणलाल कर्णले चुनावी घरदैलो अभियानलाई तिब्रता दिएका छन ।उनले बुधबार वीरगञ्ज महानगरपालिका–११ मा घरदैलो गरेका छन ।

घरदैलोको क्रममा मतदाताहरुले कर्णलाई जितको अग्रिम शुभकामना दिएका थिए । मतदाताले आशिर्वाद दिँदै जित निश्चित भएको भन्दै अग्रिम शुभकामना दिएका हुन् ।

गठबन्धनमा रहेका अन्य पार्टीका नेता कार्यकर्ताहरु पनि लक्ष्मणलाल कर्णलाई जिताउनु पर्ने भन्दै एक जुट भएर घरदैलो गर्दै आएका छन् ।

यस अघि जितेर गएका प्रतिनिधिले सपना मात्रै देखाएको भन्दै मतदाताहरुले अब गठबन्धनका साझा उम्मेदवार कर्णको पक्षमा मतदान गर्ने बताए ।कर्णले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताए मात्रै सँबिधानको रक्षा हुने बताएका थिए ।

घरदैलोमा पुगेका कर्णलाई नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र लोसपा नेपाल लगायत विभिन्न पार्टीमा आबद्ध रहेका नेता कार्यकर्ताले स्वागत गर्दै यस पटक साझा उम्मेद्वार कर्णलाई मतदान गर्ने बताए ।घरदैलो अभियानमा अग्रज, महिला, बुद्धिजिवी, युवा लगायतको सहभागिता रहेको थियो ।