वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

पर्सामा मिटर ब्याज सम्बन्धी एक हजार भन्दा बढी निबेदनहरु दर्ता

राम मण्डल/
सरकारले मिटरब्याज सम्बन्धी पिडीतहरुलाई निबेदन दिन आव्हान गरेसँगै अहिले मिटरब्याज पिडीतहरु धमाधम निबेदन दर्ता गराईरहेका छन ।

मिटरब्याजले पिडीत बनेको पर्सामा मिटरब्याजका एक हजार भन्दा बढी उजुरी दर्ता भएको छ । बुधबारसम्म उक्त संख्यामा उजुरी दर्ता भएको हो । उजुरी दर्ता गराउने मिटर ब्याज पिडीतहरुको समस्या समाधान गर्नको लागि सरकारले आयोग गठन गरेर प्रकृया अघि बढाईसकेको छ ।

ऋण दिएर ऋणीसित बढी ब्याज लिने,ब्याजको ब्याज लिने,धम्कयाउने,ब्याजकै पैसामा घरखेतसम्म ऋणीबाट साहुँहरुले लिने जस्ता समस्यालाई समाधान गर्नको लागि सरकार अघि बढेको छ । अहिले पर्सामा पनि यस्तै समस्याले पिडीत भएकाहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा निबेदन दर्ता गराईरहेका छन । जसमा थरि थरिका मिटरब्याज पिडीतहरु रहेका छन ।

लकडाउनमा समस्यामा परेर साहुसित जग्गा पास गरेर चार लाख ऋण लिएपछि हाल आएर साहुले ब्याज ब्याज जोडेर लिने भनेपछि निबेदन दिएको बताउनुहुन्छ । पर्साको सखुवा प्रसौनी गाउँपालिका ३ का नुर आलम मियाँले बताए ।

सखुवा प्रसौनी गाउँपालिका १ दोहरी टोलकी तारा देबी साहले आफु दुर्घटनामा परि घाईते भएपछि गाउँकै साहुसित कपाली तमसुक गरि एक लाख ५० हजार ऋण लिएको बताउदै एक लाख ६० हजार साहुलाई तिरिसकेको थपि २ लाख समेत दिन तयार भएपनि,साहुले नमानेर जमिन रोक्का गराई दिएको गुनासो गरिन ।

वीरगज महानगरपालिका १५ भेडियाही टोलकी सुखली देबीले वीरगञ्जको शहरी क्षेत्रमा रहेृको ५ धुर जग्गा पास गरेर पाँच लाख ऋण लिएकोमा साहुलाई ऋण र ब्याज गरि १५ लाख तिर्न तयार भएको भएपनि साहुले २५ लाख दिनुपर्ने अन्यथा जमिन दिनुपर्ने भनि धाकधम्की दिदै आएकोले निबेदन दिनु परेको बताईन ।

पर्सामा पनि मिटरब्याज पिडीतहरुको निबेदन दर्ता भईरहेको तथा बुधबारसम्म १ हजार २४ वटा निबेदन दर्ता भईसकेको र ति निबेदनहरुलाई आयोग समक्ष पठाईने ठाडो उजुरी मिटरब्याज पिडीत कक्षका प्रमुख गौरी शंकर गुप्ताले जानकारी दिए ।

चाहिएको बेलामा गरिबलाई ऋण दिएर साहुहरुले ऋणीलाई बिल्लीबाठ बनाएपछि देशभरि नै सरकारले मिटरब्याज पिडीतहरुसित निबेदन लिएर उनीहरुको समस्या समाधान गर्नमा लागेको छ । जस अनर्तगत पर्सामा पनि थरिथरिका मिटर ब्याज पिडीतहरुले जिल्ला प्रशासन कार्यालयमा निबेदन दर्ता गराईरहेका छन ।