कलैया । पर्सामा भोलि बिहानदेखि मात्रै मतगणना सुरु हुने भएको छ ।
पर्साका प्रमुख निर्वाचन अधिकृत विनोदकुमार पोखरेलका अनुसार मतपेटिका संकल कार्य जारी रहेकोले सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुन सक्ने सम्भावना रहेको छ ।
४ वटा प्रतिनिधिसभा र ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पर्सामा २ ठाउँमा मतगणना गर्न लागिएको छ ।