राम मण्डल/
पर्साको वीरगञ्ज बर्डफुलु भेटिएको छ । वीरगञ्जको एक कुखुरा फर्म बर्डफुलु भेटिएको हो ।
उक्त फर्ममा रहेका १९ सय कुखुरा मरेपछि उक्त कुखुरा फर्मका कुखुराहरु बर्डफुलु भेटिएको छ ।
वीरगञ्ज महागरपालिका–१५ भेडियाहीमा सागिर अन्सारीले सञ्चालन गरेको कुखुरा फर्ममा रहेको १९ सय कुखुराहरु मरेका थिए ।
फर्ममा रहेका कुखुराहरु अचानक मरेपछि परिक्षण गर्दा उक्त फर्मका कुखुराहरुमा बर्डफुलु भएको पाइएको हो ।
अन्सारीको फर्ममा रहेका कुखुराहरु मरेपछि पशु क्वारेन्टाईन कार्यालय पर्सालाई खबर गरिएको थियो ।
पशु क्वारेन्टाईन कार्यालय पर्साबाट चिकित्सकसहितको टोलीले कुखुरा फर्ममा रहेको कुखुराहरुको परिक्षण गर्दा बर्डफुलु भएको पाइएको कार्यालयका प्रमुख हरेराम यादवले जानकारी दिए ।
बर्ड फुलु देखिएपछि अन्य वरिपरिका कुखुरा फर्महरुमा पनि परिक्षणको तयारी गरिएको तथा सो फर्मलाई सिल गरिएको प्रमुख यादवले जानकारी दिए ।
बर्डफुलु देखिएको फर्ममा रहेको ३० वटा जिउदो, २ हजार पिस अण्डा, ३ क्विन्टल कुखुराको दाना, ३ हजार थान अण्डा राख्ने खाली कैरेट नष्ट गर्नुका सार्थ मरेका १९ सय कुखुराहरुलाई खाल्डोमा पुरेर नष्ट गरिएको छ ।