वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस बिजयी

राम मण्डल/
पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली काँग्रेसले जितेको छ ।

गाउँपालिकाको अध्यक्षमा काँग्रेसका दिनेश कुमार चौधरी ५ हजार १४४ मतका साथ बिजयी भएका छन ।

उनी आफना निकटतम प्रतिद्वन्दीसित १२ सय मतको अन्तरले बिजयी भएका हुन ।उनका निकटतम प्रतिद्वन्दी निबर्तमान अध्यक्ष समेत रहेका नेकपा एमालेका हरि नारायण चौधरीले ३ हजार ९४४ मत प्राप्त गरे ।

गाउँपालिकाको उपाध्यक्षमा पनि काँग्रेसले बाजी मारेको छ ।उपाध्यक्षमा ममता महतो दोहोरिएकी हुन ।

महतोले ४ हजार ४४४ मत ल्याई बिजयी भईन । उनी आफना निकटतम प्रतिद्वन्दीसित ४३१ मत अन्तरले बिजयी भईन ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी मन्तुरा देबीले ४ हजार १० मत प्राप्त गरिन ।

२०७४ सालको स्थानीय तहको निर्बाचनमा पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस बिजयी भएको थियो ।

पाँच वटा वडा रहेको गाउँपालिकाको वडा नम्बर २,३,४ र ५ मा काँग्रेसले जित हासिल गरेको छ ।

भने वडा नम्बर १ मा नेकपा एमालेको वडाध्यक्ष जितेको छ । वडा नम्बर १ को वडाध्यक्षमा एमालेका फरमान मियाँ अन्सारी ५२३ मत ल्याएर निर्बाचित भएका छन ।

यस्तै वडा नम्बर २ मा काँग्रेसका बिजय गैरे ८१३ मत ल्याएर वडाध्यक्षमा जितेका छन ।उनी पनि दोहोरिएका हुन ।

२०७४ सालको चुनावमा पनि उनी काँग्रेसबाट नै वडाध्यक्षमा बिजयी भएका थिए ।

वडा नम्बर ३ मा काँग्रेसका माधव प्रसाद थारु ८५७ मतका साथ वडाध्यक्षमा बिजयी भएका हुन ।

वडा नम्बर ४ को वडाध्यक्षमा काँग्रेसकै बासु पञ्जियार १ हजार २०३ मत ल्याई वडाध्यक्षमा जित हासिल गरेका छन ।

वडा नम्बर ५ को वडाध्यक्षमा काँग्रेसकै बिपिन मुखिया १ हजार ३२१ मतका साथ वडाध्यक्षमा निर्बाचित भएका हुन ।