वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

पर्साको ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले बिजयी

राम मण्डल/
पर्साको पर्सापालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले जितेको छ ।

गाउँपालिकाको अध्यक्षमा एमालेका लालबहादुर श्रेष्ठ ४ हजार ४९ मतका साथ बिजयी भएका छन ।

उनी आफना निकटतम प्रतिद्वन्दीसित ७२० मतको अन्तरले बिजयी भएका हुन ।उनका निकटतम प्रतिद्वन्दी निबर्तमान अध्यक्ष समेत रहेका नेकपा माओबादी केन्द्रका पदम लाल श्रेष्ठ ३ हजार ३२९ मत प्राप्त गरे ।

गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै गोकुली कुमारी रेगमी ४ हजार २५९ मत ल्याई बिजयी भईन ।

उनी आफना निकटतम प्रतिद्वन्दीसित एक हजार २१६ मत अन्तरले बिजयी भईन ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा माओबादी केन्द्रकी निरु तामाङले ३ हजार ४३ मत प्राप्त गरिन ।

२०७४ सालको स्थानीय तहको निर्बाचनमा ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओबादी केन्द्र बिजयी भएको थियो ।

पाँच वटा वडा रहेको गाउँपालिकाके वडा नम्बर १,३ र ४ मा एमालेले जित हासिल गरेको छ ।

भने वडा नम्बर २ मा काँग्रेस र ५ मा माओबादी केन्द्रले बाजी मारेको छ ।

वडा नम्बर १ को वडाध्यक्षमा एमालेका धनमान थापा मगर ६५१ मत ल्याएर निर्बाचित भएका छन ।

वडा नम्बर २ मा काँग्रेसका अमृत कृष्ण सापकोटा ६२३ मत ल्याएर वडाध्यक्षमा जितेका छन ।

वडा नम्बर ३ मा एमालेका शम्भु खडका ९०८ मतका साथ वडाध्यक्षमा बिजयी भएका हुन ।

वडा नम्बर ४ को वडाध्यक्षमा मान बहादुर थिङ १ हजार १२१ मत ल्याई वडाध्यक्षमा जित हासिल गरेका छन ।

वडा नम्बर ५ को वडाध्यक्षमा भने नेकपा माओबादी केन्द्रका अष्ट बहादुर लोप्चन ८३५ मतका साथ वडाध्यक्षमा निर्बाचित भएका हुन ।