रञ्जन यादव/
बाराको सिमरामा होटल तथा पर्यटन व्यवसायी संघ बाराले ‘पर्यटन विकासको सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सहभागीहरुले बारामा पर्यटन विकासमा प्रसस्त सम्भावना भएर पनी यस क्षेत्रले गती लिन नसकेको प्रति दुःख व्यक्त गरका छन । कार्यक्रममा नेपाली सेनाका श्री २८ नम्बर बाहिनीका बाहिनी पति सानुकाजि थापाले गनुृभएको थियो ।
बाहिनीपती थापाले बारा जिल्ला पर्यटनको प्रचुर सम्भावना भएको जिल्ला भएको बताएका छन । धार्मिक , सांस्कृतिक , ऐतिहासिक तथा औधोगिक पर्यटनको प्रसस्त संम्भावना भएको क्षेत्र बारामा हुँदाहुँदै पछि पर्नु दुखको कुरा भएको बताए । सबैले आफनो दायित्व सम्झेर पर्यटनको बिकासमा जुट्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष मोहन शर्मा लामिछानेले पर्यटन विकासमा स्थानिय तहले गहन भुमिका निर्वाह नगरेसम्म यस क्षेत्रमा पर्यटन व्यवसाय फस्टाउन नसक्ने धारण राखे ।
यसैविच कार्यक्रममा बोल्दै निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले आपसी दोषारोपणले मात्रै काम हुन नसक्ने भन्दै यो क्षेत्रलाई माथी उठाउन निजगढ नगरपालिका तयार रहेको धारणा राखेका छन। जिल्लामा कुनै एउटा पालिका मात्रै सकृय रहेर नहुने भन्दै सबै पालिकाले जिम्मेवारीपुर्वक अभियान अगाडी बढाउने हो भने मधेस प्रदेशमै पर्यटन क्षेत्रले सफलता प्राप्त गर्ने बताएका हुन ।
यसैविच कार्यक्रममा पालिकाका बिभिन्न प्रमुखहरु, उप–प्रमुखहरु, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, संचारकर्मी लगाएत होटल तथा पर्यटन व्यवसायीहरुको उपस्थिती रहेको थियो ।संघका अध्यक्ष अर्जुन लम्सालको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको सहजीकरण संघका महासचिव गोविन्द गहतराजले गरेका थिए ।