अनिल कुमार साह/
परवानीपुर गाउँपालिका वडा नं. १ बुनियादमा नेपाली काँग्रेसको घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलो कार्यक्रममा परवानीपुर गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार लालबाबु यादवलाई भारी बहुमतले जिताउन आग्रह गरे ।
उनले परवानीपुरको विकास आउँदो पाँच वर्षमा ठूलो उपलब्धी हासिल गर्ने जनाए । उनले लोकतन्त्रको पक्षमा भएको जनाउँदै तानाशाही प्रवृतिको अन्त्य गर्न आवश्यक रहेको जनाए ।
परवानीपुर गाउँपालिको विभिन्न वडाका विभिन्न टोल समुदायमा सबैलाई नेपाली काँग्रेसको गाछि छापमा मोहर लगाई बहुमतको साथ विजयी बनाउनको लागि अनुरोध गरिएको थियो। साथै परिवर्तनको लागि नेपाली काँग्रेस आवस्यक रहेको कुरा समेत बताइएको जानकारी गराइएको छ।
परवानीपुर गाउँपालिकाको जनताको चाहना र भरोसा अनुसार यस पालि परवानीपुर गाउँपालिकाको जिम्मेवारी नेपाली काँग्रेसले नै लिने छ ।
जनजनको चाहना पनि नेपाली काँग्रेस नै एक मात्र रहेको जानकारी गराइएको छ । नेपाली काँग्रेस जनताको सुख दुखमा बिना कुनै सर्त अहोरात्र सहयोग गर्दै आएको समेत स्थानीय जनताको भनाई रहेको थियो ।
घरदैलो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार लालबाबु यादव,उपाध्यक्ष कुरान नेसा खातुन,वडा अध्यक्षका उम्मेदवार चोकट महतो धानुक,सदस्य पदको उमेदवार दिपक कुमार मण्डल,रामदेव महतो,चिन्ता देवी पसवान,कहरी देवी, प्रचार प्रसार समितिको संयोजक जगदीश साह कानु, प्रचार प्रसारको सदस्य रामदेव यादव,बिजय गुप्ता महिन्द्र साह कानु, राम बहादुर यादव, योगेन्द्र प्रसाद गुप्ता लगायतकाको उपस्थित रहेको थियोे।