स्थानीय तह निर्वाचन अन्र्तगत बाराको दुई पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
जिल्लाको परवानीपुर गाउँपालिका र करैयामाई गाउँपालिकाको अन्तिम मत परिणाम टुंगो लागेको छ ।
जिल्लाका १६ वटा स्थानीय तह रहेको मध्ये परवानीपुर र करैयामाईमा अन्तिम टुङ्गो लागेको हो ।
परवानीपुर गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पद जितेको छ ।
यस्तै करैयामाई गाउँपालिकामा जनता समाजवादी पार्टी(जसपा)ले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पद जितेको छ ।
परवानीपुर गाउँपालिकाको अध्यक्ष पदमा राम क्षेत्री पटेलले निकटतम लोसपाका जगतनारायण महतोलाई ४ सय ७४ मतले पराजित गरेका हुन ।
राम क्षेत्रीले २ हजार ९ सय १७ मत प्राप्त गरे भने जगत नारायणले २ हजार ४ सय ४३ मत प्राप्त गरे ।
यस्तै परवानीपुरमा उपाध्यक्षमा एमालेकै सुगन्धी देवी कनुइनले निकटतम लोकतान्त्रिक समाजवादी पार्टीकी सावित्री देवीलाई ८ सय ४५ मतले पराजित गरेकी हुन् ।
सुगन्धीले ३ हजार २ सय ३२ मत र सावित्रीले २ हजार ३ सय ८७ मत प्राप्त गरिन् ।
यता करैयामाई गाउँपालिकामा जसपाका उम्मेदवारहरू अध्यक्षमा शम्भुप्रसाद यादव र उपाध्यक्षमा सुनैना चौधरी निर्वाचित भएका हुन् ।
यादवले निकटतम प्रतिस्पर्धी कांग्रेसका निवर्तमान अध्यक्ष भुनेश्वर चौधरीलाई २ हजार १ सय ९८ मतले पराजित गरे ।
यादवलाई ५ हजार ५९८ र चौधरीलाई ३ हजार ४ सय मत प्राप्त भयो ।
यसैगरी उपाध्यक्षमा जसपाकी सुनैना चौधरीले निकटतम कांग्रेसकी चित्ररेखा चौधरीलाई २ हजार २६७ मतले पराजित गरेकी हुन्।
सुनैनाले ५ हजार ४ सय ३९ मत प्राप्त गरिन् भने चित्ररेखाले ३ हजार १ सय ७२ मत प्राप्त गरिन् ।