वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

पत्रकार बादशाहलाई कुटपिट भएको घटनाको युनियन बाराद्घारा गम्भिर धानाकर्षण

नेपाल प्रेस युनियन बाराले पत्रकार महासंघ बाराका साधारण सदस्य एवम् रेडियो बादलका प्रवन्ध निर्देशक नूरआलम बादशाहलाई कुटपिट भएको घटनाको गम्भिर धानाकर्षण भएको जनाएको छ ।

आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष मुस्तुफा अन्सारी र जनप्रतिनिधि समेतको मिलोमतोमा मरणसान्न हुने गरी कुटपिट गरिएको घटनालाई गम्भीर आपति भएको जनाएको हो ।

युनियन बाराका अध्यक्ष श्यामबावु प्रसाद यादवले आईतवार एक प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

सोही गाउँपालिका निवासी पत्रकार बादशाह घरमा बिरामी भएपछि गाँउपालिकाको एम्बुलेन्स माग गर्न गएको र चालक नभएपछि भएको विवादमा गाँउपालिकाका अध्यक्ष अन्सारीले पुनः साझ ५ बजे आफनै कार्यकक्षमा बोलाएर अध्यक्ष सहित पाँच जनाले आलमलाई कुटपिट गरी घाईते बनाएको भन्दै उक्त विषयको निश्पक्ष छानविन गरी दोषीमाथि कडा कार्वाहीका लागि प्रेस युनियन बाराले जोडदार माग गरेको छ ।

लोकतन्त्र स्थापनामा अग्रणी भुमिका निर्वाह गरेका सञ्चारकर्मी माथि जनप्रतिनिधिहरुकै ईसारामा कुटपिट हुनु खेदजनक बिषय भएको भन्दै दोषी उपर पक्राउ गरी कारर्वाही नभए नेपाल प्रेस युनियन बारा आन्दोलन र जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने विज्ञप्ती मार्फत जानकारी गराईएको छ । उन चाहन्छौ ।

प्रेस स्वतन्त्रतामाथि आघात पु¥याउने तथा सञ्चारकर्मीहरूमाथि भौतिक आक्रमण गर्ने जोसुकै तत्वहरूलाई कानूनी कठघरामा ल्याउन र सञ्चार माध्यम र सञ्चारकमीृको सुरक्षाका लागि विशेष व्यवस्था गर्न युनियन बाराले सरकारसंग माग गरेको छ ।