बारा । बाराको पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धरसिंह जैसवारलाई २५ हजार जरिवाना गरिएको छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले उनलाई जरिवाना गरेको हो । वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका अन्य कार्यक्रम गरेको भन्दै नगरप्रमुख सिंहमाथि जरिवाना गरिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले पचरौता नगरपालिकाको तलब भत्ता तथा प्रशासनिक खर्च बाहेक अन्य रकम निकासा नगर्न कोष तथा लेखा नियन्त्रण कार्यालयलाई लेखेर पठाएको छ ।