रञ्जन यादब \
बारा
नेपाल बिद्युत प्राधिकरणको ३७ औँ बार्षिकोत्सवमा सिमरा बितरण केन्द्र नेपाल बिद्युत प्राधिकरण सम्मानित भएको छ । नेपाल भरिका उत्कृष्ट १५ कार्यालयहरुमा पर्न सफल भएका कारण सिमरा बिद्युत प्राधिकरण सम्मानित भएको नेपाल बिद्युत प्राधिकरणले जनाएको छ ।
काठमाडौँमा आयोजना गरिएको बार्षिकोत्सवमा सिमरा बितरण केन्द्रका प्रमुख ई.रामु श्रेष्ठलाई नेपाल सरकारका उर्जा ,जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले कदर पत्र प्रदान गरि सम्मान गर्नुभएको हो ।
सिमरा बितरण केन्द्रलाई प्रदान गरिएको कदर पत्रमा “बिबिध चुनौतीको बाबजुद चुहावट नियन्त्रण ,महसुल संकलन ,औषत संकल जस्ता सुचकहरुमा तोकिएको लक्ष्य भन्दा बढी उपलब्धी हासिल गरेको तथा ७० एम भी ए भन्दा बढीको लोड थप गरी माग अनुसारको बिद्युत सेवा उलब्ध गराई प्राधिकरणको बित्तिय अवस्थामा सुधार ल्याउँन गरेको योग्दानको उच्च मुल्याङ्कन गर्दै सो कार्यमा संलग्न सम्पुणर् कर्मचारीहरुलाई ३७ औँ बार्षिकोत्सवको उपलक्ष्यमा यो कदर पत्र प्रदान गरिएको छ ।” भन्ने कुरा उल्लेख छ ।