वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

नेपाल प्रेस यूनियनको १७ आँै साधारणसभा सिम्रौनगढमा सम्पन्न

नेपाल प्रेस यूनियन बाराको १७औँ बार्षिक साधारणसभा बाराको सिम्रौनगढमा शनिवार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मंसुरले गर्नुभएको थियो । सिम्रौनगढ नगरपालिका वडा नम्बर १० स्थित ऐहासिक झरौखर पोखरीमा साधारणसभा गरिएको हो ।

सो अवसरमा प्रेस यूनियन बाराका कार्यक्रममा यूनियनका जेष्ठ सदस्य सत्यप्रसाद श्रेष्ठ, उमेशलाल दास, रामेश्वर मेहता, रतनलाल टेमानी, भोजराट भट्टराई, सुजित अर्याललाई सम्मान गरिएको सचिव साजिर मंसुरले बताए । सोही कार्यक्रममा प्रेस सेन्टर नेपालका पुर्व उपाअध्यक्ष प्रभु प्रदास यादव र प्रेस मंचका नुरआलम बादशाह उक्त संस्थाको साधारणसदस्यता समेत नरहने गरि परित्याग गरि नेपाल प्रेस यूनियनमा प्रवेश गरेका छन ।

उनीहरुलाई नेपाली काँग्रेसका सहमहान्त्री फरमुल्लाह मन्सुर र बारा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति विजयशंकर यादवले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

यूनियन बाराका अध्यक्ष श्यामबावु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न साधारणा सभाको बन्द सत्रले सचिव साजिर मन्सुरको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष बसन्त शर्माको आर्थिक प्रतिवेदनलाई सर्वसम्मले परित गर्दै सिम्रौनगढ क्षेत्रको ऐतिहासिक, पर्यटकिय,सांस्कृति महत्वको प्रर्बद्धन गर्न र बाराली संचार क्षेत्रको विकास गर्न ७ बुदे झरौखर पोखरी घोषणापत्र समेत जारी गरेको यूनियनका उपाध्यक्ष बसन्त खतिवडाले जानकारी दिएका छन ।