वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

नेपाली काँग्रेस बारा सभापतिका तीन आँकाक्षी देखिदै

सिकेन्द्र पासवान
नेपाली काँग्रेस बाराको सभापति पदमा ३ जनाको चर्चा शुरु भएका छन ।

निर्वाचन क्षेत्र नम्बर ३ बाट कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादव, निर्वाचन क्षेत्र नम्बर ३ को (क) बाट तत्कालिन प्रदेश साँसदका प्रत्यासी उम्म्ोदवार रहेका रामानन्द प्रसाद यादव र बारा निर्वाचन क्षेत्र नम्बर १ बाट तत्कालिन संघिय साँसदका प्रत्यासी उम्मेदवार शम्भु बहादुर बुढाथोकीको असान्न जिल्ला अधिवेशनमा काँग्रेसको सभापति पदमा उम्मेदवारी आउने तिब्र चर्चा शुरु भएको छ ।

चिया पसल, हाटबजार, चोकचौरहामा समेत चर्चा शूरु हुन थालेको हो ।

केन्द्रीय महाअधिवेशन लगतै हुने जिल्ला अधिवेशनका लागि ती तिनै अनुहार सभापति पदमा भिडने तयारी पनि गरि रहेको स्रोतबाट थाह भएको छ ।

आ आफनै तवरले टिकट लिनका लागि नेताहरु कहाँ लभिङ समेत ती नेताहरु शुरु गरिसकेका छन ।

बर्तमान पार्टीका जिल्ला सभापति जयचन्द्र चौरसिया महाअधिवेशनमा पराजित भएपछि सभापति पदमा देउवा टिमबाट को अधिकारिक उम्मेदवार हुने हो भने चासो र चिन्ता पनि नेता तथा कार्यकर्ताहरुमा बढन थालेका छन ।

चर्चा हुने उम्म्ोदवारहरु मध्ये रामानन्द यादव खानेपानी मन्त्री उमाकान्त चौधरी निकट चिनिन्छ, राजेशराय यादव नेपाली काँग्रेसका केन्द्रीय सदस्य राधेचन्द्र यादवका छोरा हुन भने बुढाथोकी देउवा निकटका नेताको रुपमा परिचित छन ।

केहि हप्ता भित्र हुने सभापतिको निर्वाचनमा त्रिकोनात्मक भिडन्त हुने आकलन पनि उतिकै रहेको छ ।

सभापतिका अकान्छी तिनैजना सभापतिका उम्म्ोदवारहरु जिल्लामा चर्चित नेताका रुपमा चिरपरिचित रहेका छन ।