वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

नेपाली काँग्रेस बाराका सभापतिमा राजेश राय यादव भए विजयी

नेपाली काँग्रेस बाराको सभापतिमा राजेश राय यादव विजयी भएका छन ।

१४ औँ जिल्ला अधिवेशन अन्तरगत आइतबार भएको मतदानको मत परिणामको नतिजाबाट यादव सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

सभापतिका लागि दोस्रो चरणको मतदानबाट प्रतिद्वन्द्वी शम्भु बुढाथोकीलाई ५१ मतको अन्तरले पराजित गर्दै यादव जिल्ला सभापति बन्न सफल भएका हुन ।

निमित्त प्रमुख निर्वाचन अधिकृत गंगेश्वरप्रसाद अधिकारीका अनुसार यादवले १ हजार २ सय ६ मत ल्याएका थिए । भने उनका प्रतिद्वन्द्वी बुढाथोकीले १ हजार १ सय ५४ मत ल्याएका थिए।

जिल्ला सभापतिका लागि यसअघि भएको मतदानमा निर्वाचित यादव पहिलो, बुढाथोकी दोस्रो र अर्का प्रतिस्पर्दी रामानन्द यादव तेस्रो भएका थिए । तीन जना उम्मेदवारहरुले ५१ प्रतिशत ल्याउन नसकेको हुदा फेरी दोस्रो चरणमा मतदान भएको थियो ।

सभापतिमा निर्वाचित यादव कलैया उपमहानगरपालिकाका नगर प्रमुख समेत हुन। यादव निकै लामो समयदेखि नेपाली काँग्रेसबाट आफ्नो राजनीतिक यात्रा तय गर्दै २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कलैया उपमहानगरपालिकाका नगर प्रमुखको पदमा निर्वाचित भएका थिए ।