वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

निर्वाचन लक्षित नेतृत्व क्षमता अभिबृद्धी तालिम सम्पन्न

रबिन्द्र प्रसाद साह,
बारा जिल्लाको आर्दश कोतवाल गाउँपालिकाका निर्वाचित महिला सदस्यहरुको सक्रिय सहभागितामा आगामी चुनावको पुर्व तयारी तथा नेतृत्व क्षमता अभिबृद्धीको लागि चार दिनदेखि भैरहेको प्रारम्भिक तथा बुट् क्याम्प तालिम शुक्रवार सम्पन्न गरिएको छ ।

माण्डबीको आयोजनामा र स्विस सरकार र अस्टेरिलियन सरकारको आर्थिक सहयोग र आई.एफ.ई.स. नेपालको प्राविधिक सहयोगमा सो तालिम सञ्चालन भएको थियो ।
पशु सेवा केन्द्रको बैठक भवनमा उक्त तालिमको आयोजना हुँदै आएको आयोजकले जानकारी गराएको छ ।

तालिम माण्डवीका कार्यक्रम अधिकृत राजु कुमार साहको अध्यक्षतामा तथा आर्दश कोतवाल गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष शेख जवाहिरको प्रमुख आतिथ्यतामा प्रमाण पत्र वितरण गरी गरिएको थियो ।

तालिम आउने निर्वाचनमा महिला वडा सदस्यहरूको सहभागिता बढाउने तथा तिनिहरूको नेतृत्व क्षमता विकास गर्ने मुख्य लक्षयको साथ सो तालिमको आयोजना गरिएको आयोजकले बताए । तालिमका प्रशिक्षकहरुमा निभा सिंह,नेक महम्द हुसैन दिएका थियो ।