निजगढ सिटि क्लबद्वारा आयोजित नगर स्तरिय फुटबल प्रतियोगिताको उपाधि हिमाल युवा क्लवले जितेको छ ।
हिमालले आयोजक निजगढ सिटि क्लबलाई टाईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो ।
निर्धारित समयको खेल १–१ गोलले बराबरी भएपछी खेल टाईब्रेकरमा गएको हो । उपाधी सङ्गै हिमालले ५० हजार रुपैयाँ प्राप्त गरेको छ भने उपबिजेता निजगढ सिटि क्लवले ३० हजार रुपैयाँ प्राप्त गरेको छ ।
यस अघि प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै निजगढका मेयर सुरेश कुमार खनालले नगरपालिकाले खेलकुद क्षेत्रको बिकास गर्ने क्रममा फुटबल खेललाई विशेष प्राथमिकता दिएको बताए ।
मेयर खनालले फुटबलको बिकासका लागी नगरपालिकाले बिभिन्न प्रतियोगिता,ग्रासरुट,मैदान व्यवस्थापन लगायतका योजनाहरु संचालन गरिरहेको बताउनुभयो ।
समापन कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनाल,नेपाली काङ्ग्रेस निजगढका सभापति नवराज तिमल्सिना,नेकपा एमाले निजगढका अध्यक्ष सुरथ पुरी,वडा नम्बर ५ का अध्यक्ष थलप्रसाद गौतम,८ का अध्यक्ष टेक बहादुर लामा,१२ का अध्यक्ष ज्ञान बहादुर गोले लगायतको सहभागिता रहेको थियो ।