वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

निजगढका विभिन्न वडामा लगाईएको अवैध गाँजा खेति नष्ट

बारा । बाराको निगढ नगरपालिकाको विभिन्न स्थानहरुमा लगाईएको अवैध गाँजाखेती प्रहरीले फडानी गरि नष्ट गरेको छ ।

निजगढ नगरपालिका.१२ र १३ को कुलिया भन्ने ठाउमा लगाएको अंन्दाजी १७÷१८ गठ्ठा अबैध गाँजा खेती प्रहरीले फडानी  गरेको हो । गाजा लगाएको गोप्य सूचनाको अधारमा ईलका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरिक्षक संजिव ओली तथा शसस्त्र प्रहरी उपरिक्षक जगनाथ खडकाको संयुतm टोलीले सो गाजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

नेपाल प्रहरीका ९ जना र सशस्त्र प्रहरीका १० जना गरि १९ जनाको टोलीले उक्त गाँजा खेतीलाई नष्ट गरेको  प्रहरी प्रवतmा राजेश थापाले जानकारी दिए । बारामा अझैपनि लुकीछिपी गाँजा खेती हुदै आएको छ ।