रञ्जन यादव/
तराई यातायात व्यवसायी संघको नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
छैठौं अधिवेशनबाट निर्वाचति पदाधिकारीहरुले संघको कार्यालयमा सपथ ग्रहण गरेका हुन् । मुख्य नर्विाचन अधिकृत मुकुन्दबहादुर क्षेत्रीले अध्यक्षसहति पदाधकिारी र सदस्यलाई सपथ ग्रहण गराउनुभएको थियो ।
कार्य समिति पदाधकिारी र सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको थियो । अधिवेशनबाट संघको अध्यक्षमा ओमकृष्ण कार्की, बरिष्ठ उपाध्यक्षमा सुहैल अख्तर अंसारी, केन्द्रीय उपाध्यक्ष जीवनकुमार श्रेष्ठ, क्षेत्रीय उपाध्यक्ष उत्तरतर्फको बोधराज आचार्य, क्षेत्रीय उपाध्यक्ष दक्षिण तर्फको उमकेश्वर प्रसाद रौनियार , क्षेत्रीय उपाध्यक्ष पश्चिम तर्फको कुमार राई, क्षेत्रीय उपाध्यक्ष पूर्व तर्फको वीरेन्द्र कार्की, महासचिवमा अर्जुनप्रसाद अधिकारी, उपमहासचिवमा देवकुमार श्रेष्ठ, सचिवमा लोकराज पौडेल, रामबहादुर कार्की, मनोज यादव, सहसचविमा तुफान फारुक अंसारी, कोषाध्यक्ष नारायणप्रसाद घिमिरे, सहकोषाध्यक्ष पदमा नबिन थापा निर्विरोध निर्वाचित भएका थिए ।
यसैगरी कार्यसमितिको सदस्य पदमा सुदिप रिमाल, दिलुमाया श्रेष्ठ, लोकबहादुर पोखरेल, मदनराज कंसाकार, बिजय रंजितकार, करणकुमार चौधरी, रोजदिन बाबु, उत्तमकुमार पौडेल, संजयकुमार गुप्ता निर्वाचित भएका थिए ।