सरकारले ल्याएको नागरिकता ऐन संशोधन बिधेयक पारित भएको उपलक्ष्यमा नेपाल तरुणदल बाराले कलैयामा विहीवार दिपावली गरेको छ ।
कलैया स्थित रहेको मुख्य चोक भरतचोकमा तरुणदल बाराका कार्यवाहक अध्यक्ष दिपेन्द्र पटेलको नेतृत्वमा रहेको टोलीले मैनवती वाली दिपावली गरेर खुसियाली मनाएको हो ।
नागरिकता बिधेयक पारित भएसंगै हजारौले अव नेपाली नागरिकता पाउने भएका छन । भारतबाट बिहे गरेका बुहारीहरुको हकमा ७ बर्षपछि मात्र नेपाली नागरिक बन्न पाउने, अंगीकृत नागरिकता भएकाहरुका छोराछोरीहरुलाई नागरिता नै उपलब्ध नगराउने जस्ता जटिलताका बिच यो बिधेयक आएपछि सहज रुपमा तिनीहरु जस्ताको नागरिकता पाउने भएपछि आफुहरुले खुसियाली मनाएको तरुणदल बाराका कार्यबाहक अध्यक्ष पटेलले बताएका छन ।
कार्यक्रममा नेपाली काँग्रेसका महाअधिवेशन प्रतिनिधी तेजनारायण साह, ईन्द्रासन मण्डल, नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश सभा ख का सभापति लुकेश सिंह, जिल्ला सदस्य जंगबहादुर चौरसिया, नेपाल बिधार्थीसंघका जिल्ला अध्यक्ष राकेश पाण्डेय, कलैया उपमहानगरपालिका वडा नम्बर ४ का निवर्तमान वडाअध्यक्ष जटाशंकर सहनी लगायतका यूवा, बिधार्थीहरुको सहभागिता रहेको थियो ।