वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

देवताल गाउँपालिकाको ३१ करोड ७ लाख ४३ हजार ३ सयको बजेट सार्वजनिक

श्यामबाबु यादव/
देवताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३१ करोड ७ लाख ४३ हजार ३ सयको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाका अध्यक्ष उदय प्रसाद यादवले आर्थिक वर्ष २०८०/०८१ का लागि आइतवार गाउँपालिका सभा हलमा आयोजित १० औं गाउँ सभामा नीति,कार्यक्रम तथा अनुमानित आय बजेट प्रस्तुत गरेका छन ।

कुल बजेट मध्ये संघीय सरकारबाट वित्तिय समानिकरण अनुदान तर्फ रु.९ करोड ३३ लाख , प्रदेश सरकारबाट वित्तिय समानिकरण रु.६५ लाख ७९ हजार,संघीय सरकारको सशर्त अनुदान तर्फ रु.११ करोड ३३ लाख,संघीय सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम रु. ७ करोड १४ हजार ३ सय,संघीय सरकारबाट समपुरक अनुदान तर्फ रु.८० लाख, प्रदेश सरकारबाट समपुरक अनुदान रु.२० लाख,संघीय सरकारबाट विशेष अनुदान रकम रु. १ करोड २० लाख,प्रदेश सरकारबाट विशेष अनुदान रकम रु.३० लाख र गाउँपालिकाको आन्तरिक आम्दनीबाट (गत आल्या बाहेक) अनुमानित रकम रु.२५ लाख ५० हजारको अनुमानित आय बजेट प्रस्तुत गरिएको हो ।

त्यसैगरी कुल बजेट मध्ये चालु तर्फ रु.१८ करोड ८८ लाख ९३ हजार ३ सय र पुँजीगत तर्फ रु.१२ करोड १८ लाख ५० हजार बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष यादवले प्रस्तुत गरेको नीति कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ ।

त्यसैगरी प्रस्तुत गरेको नीति कार्यक्रम तथा बजेटमा क्षेत्रगत रुपमा आर्थिक विकास तर्फ रु. ९ करोड १० लाख,पूर्वाधार विकास तर्फ रु.३ करोड ९३ लाख, सुशासन तथा अन्तर सम्बन्धी रु ९५लाख, सामाजिक विकास तर्फ रु. १० करोड ५५ लाख र कार्यालय संचालन तथा प्रशासनिक तर्फ रु.६ करोड ५४ लाख ४३ हजार ३ सय विनियोजन गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नविन कुमार श्रीवास्तवले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष यादवले गरेको नीति कार्यक्रम तथा बजेटमा शिक्षा स्वास्थ्य खानेपानीमा मुख्य रुपमा प्रथामिकतामा रहेको बताए । गाउँपालिका अध्यक्ष यादवले गाउँपालिकाको उन्नति र प्रगतिका लागि आफुहरु एक जुट रहेको बताउदै आफुहरु बिच स‐साना कमि कमजोरी रहेको पनि त्यसलाई मिलेर पहिचान गर्दै समाधान गरेर नमुना गाउँपालिका बनाउने बताए ।

गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न १० औं गाउँ सभामा गाउँपालिका उपाध्यक्ष सितापती यादव,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,वृद्धिजिवी र संचारकार्मी लगायतको उपस्थिति रहेको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन कुमार श्रीवास्तवले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख राजीव यादवले गरेका थिए ।