वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

दृष्टिबिहिनकोलागि मतदाता शिक्षा कार्यक्रम सम्पन्न

रञ्जन यादब

बारा २० बैशाख

नेत्रहीन युवा सँघ नेपाल बाराको आयोजनामा मतदाता शिक्षा कार्यक्रमको आयोजना गरिएको छ । नेपाल अपांग सँघ बाराको कार्यकक्षमा स्थानीय तह सदस्य निर्वाचन २०७९ मतदाता शिक्षा कार्यक्रमको आयोजना गरिएको हो ।

भोट हाल्न जाँदा सर्वसाधारणहरुले नजानेरै धेरै गल्ती हुन जाने हुँदा त्यस्तो गल्ती नहोस भनेर मतदाताहरुलाई सचेतना फैलाउन मतदाता शिक्षा कार्यक्रमको आयोजना गरिएको नेत्रहीन युवा सँघ नेपाल बारा शाखाका अध्यक्ष सुधिर चौधरीले बताउनुभयो

।कार्यक्रमको  प्रमुख अतिथि नेपाल अपांग सँघ बाराका अध्यक्ष धनप्रसाद बजगाइँले निर्वाचनको समयमा दृष्टिबिहिनहरुलाई फलदायी हुने किसिको कार्यक्रम राखेकाले आयोजकलाई धन्यबाद दिनुभएको थियो । कार्यक्रममा गंगाप्रसाद वाग्ले,सुनिल यादब, अन्जु धिताल  लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण चन्दा खतिवडा ,विकास अधिकारी र पुनम नेपालले गर्नुभएको थियो ।